शुक्रबार, श्रावण १,२०८३ 09:28:36
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 09:28:36
Bizshala
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८० विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् ।  

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा इन्डेक्स २.६५ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स १.७० प्रतिशतले घटेको छ ।  

बीमा समूह घट्दा सूचीकृत २६ वटै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सबैभन्दा गुमाउने अर्थात सेयरभाउ घट्नेमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ५.२० प्रतिशतले घटेर १३६२.३० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सानिमा रिलायन्स लाइफको ३.७८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.४५ प्रतिशत, सिटिजन लाइफको ३.१२ प्रतिशत, रिलायबल नेपाल लाइफको २.७८ प्रतिशत, सानिमा जिआइसीको २.७२ प्रतिशत, सन नेपाल लाइफको २.५२ प्रतिशत, हिमालयन एभरेष्टको २.३० प्रतिशत, नेशनल लाइफको २.२८ प्रतिशत, सुर्यज्योति लाइफको २.०९ प्रतिशत, शिखरको २.०४ प्रतिशत, युनाइटेड अजोडको १.९७ प्रतिशत, आइएमई लाइफको १.९४ प्रतिशत, नेकोको १.८८ प्रतिशत, हिमालयन लाइफको १.८७ प्रतिशत र सलिकोको १.८५ प्रतिशतले सेयरभाउ घटेको छ ।  

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १.७९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.७८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.७४ प्रतिशत, आरबीसीएलको १.६८ प्रतिशत, नेपाल लाइफको १.६० प्रतिशत, नेपाल रि को १.५२ प्रतिशत, एशियन लाइफको १.३५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९९ प्रतिशत र एनएलजीको ०.७४ प्रतिशतले घटेको छ ।  

आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को ९ करोड ८४ लाख रुपैयाँ र हिमालयन लाइफको ९ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.