शनिबार, श्रावण २,२०८३ 12:03:08
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 12:03:08
Bizshala
Global IME Bank Limited

सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार ३ अर्ब ४२ करोड बढी

सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार ३ अर्ब ४२ करोड बढी
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१२ प्रतिशत अर्थात ३.२७ अंकले बढेर २ हजार ५८४.४९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४४७.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार अजय सिं थापा (जय शम्भू)भन्छन्, ‘सेयरबजारका लागि मंगलबार सामान्य अंकले भएपनि बढ्ने दिन मानिन्छ, यो दिन सप्लाई कम आउने हुँदा प्राय मंगलबार सेयरबजार सामान्य सुधार देखिन्छ । साथै, प्राविधिक रुपमा हेर्दा बजारले लो ट्रेन्ड ब्रेक गर्न खोजेको जस्तो देखिन्छ । बजारले २५ सय विन्दुको लो विन्दु ब्रेक गरेर फर्किने सम्भावना छ ।’

उनले भने, ‘तर मार्केटलाई फन्डामेन्टल वा अन्य पक्षले सपोर्ट गरेन भने लो ट्रेन्ड समातेर २५ सय भन्दा तल जाने देखिन्छ । यसका साथै फन्डामेन्टल रुपमा हेर्दा अहिले बजारलाई मुख्य गरी पैसा चाहिरहेको छ । तर अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । सामान्य कम्पनीको आइपीओ भर्न पनि लगानीकर्ताहरु सेयर बेचेर आइपीओ भनुपर्ने अवस्था छ । सबै कुराहरु सकारात्मक हुँदाका वाबजुत पनि बजार बढ्न नसक्नु राजनीतिक पक्ष पनि हो । यदि देशको जीडीपी नै बलियो भएर सूचीकृत कम्पनीहरुको पनि लाभांश क्षमता बढेदेखि बजारले नयाँ उचाई लिन सक्नेछ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ६ वटा समूहमा रातो पोतियो भने ७ वटामा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात १.२८ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१०, फाइनान्स ०.२०, होटल ०.१०, हाईड्रो ०.२९, उत्पादन तथा प्रशोधन ०.२५ र लघुवित्त ०.१७ प्रतिशतले बढ्यो ।  

आज जीवन बीमा समूह सर्वाधिक अर्थात ०.७९ प्रतिशतले घट्यो। यस्तै विकास बैंक समूह ०.१६, लगानी ०.३४, म्युचुअल फण्ड ०.११, निर्जीवन बीमा ०.१६ प्रतिशत र व्यापार ०.२२ अंकले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाई प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ९८ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, सागर डिस्टिलरीको ८ करोड ५३ लाख, सिईडिबि होल्डिङको ७ करोड ४३ लाख, लुम्बिनी विकास बैंकको ६ करोड ९६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज एसवाई प्यानलको सेयरमूल्य सर्वाधिक अर्थात ७.०१ प्रतिशतले बढ्यो ।

यस्तै गुराँस लघुवित्तको सेयरमूल्य ६.०१ प्रतिशत, सयपत्री हाईड्रोको ५.९६ र ग्रामीण विकास लघुवित्तको सेयरमूल्य ५.८५ प्रतिशतले बढ्यो ।

यो दिन सिटिजन लाइफको सेयरमूल्य सर्वाधिक अर्थात ५.९७ प्रतिशतले घट्यो। सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य पनि आज ५.८७, पियोर इनर्जीको ४.२८, पोखरा फाइनान्सको २.६८ र बुङ्गल हाईड्रोको सेयरमूल्य २.४७ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.