शुक्रबार, श्रावण १,२०८३ 02:43:11
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:43:11
Bizshala
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, ६ वटाको सर्वाधिक कारोबार

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, ६ वटाको सर्वाधिक कारोबार
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका सबै समूहमा आज हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूह ४.३८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, निर्जीवन बीमा उपसूचक पनि ३.८१ प्रतिशतले बढेको छ । बीमा समूह चम्किंदा आज सबै बीमा कम्पनीको सेयरभाउ बढेका छन् । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ ।

कम्पनीको सेयरभाउ ६.५२ प्रतिशतले बढेर ५६३.५० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको ५.९५ प्रतिशत, युनाइटेड अजोडको ५.९१ प्रतिशत, सिटिजन लाइफको ५.६६ प्रतिशत, हिमालयन एभरेष्टको ५.४५ प्रतिशत, एशियन लाइफको ५.२८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ५.२३ प्रतिशत, नेशनल लाइफको ५.११ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.९६ प्रतिशत, शिखरको ४.७८ प्रतिशत, सन नेपाल लाइफको ४.७१ प्रतिशत, आइएमई लाइफको ४.६४ प्रतिशत, एनएलजीको ४.६१ प्रतिशत, हिमालयन रि को ४.५८ प्रतिशत, र सगरमाथा लुम्बिनीको ४.५५ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, प्रभु इन्स्योरेन्सको ४.२८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ४.१० प्रतिशत, रिलायबल नेपाल लाइफको ३.९९ प्रतिशत, सुर्यज्योति लाइफको ३.८७ प्रतिशत, हिमालयन लाइफको ३.८६ प्रतिशत, एलआइसी नेपालको ३.५० प्रतिशत, नेपाल लाइफको ३.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.७८ प्रतिशत, नेपाल रि को २.७७ प्रतिशत, नेको इन्स्योरेन्सको २.५३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.७५ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ६ वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन लाइफको ११ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, सिटिजन लाइफको ९ करोड ६६ लाख, हिमालयन रि को ९ करोड ५६ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड ३० लाख, सानिमा जिआइसीको ८ करोड १७ लाख रुपैयाँ र आइएमई लाइफको ७ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.