शुक्रबार, श्रावण १,२०८३ 01:40:02
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:40:03
Bizshala
Global IME Bank Limited

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९९ प्रतिशत अर्थात २६.२९ अंकले घटेर २ हजार ६२७.११ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले ओरालो लाग्दै ४५६.२७ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५६ वटा स्क्रिप्टको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ५५ करोड ७९ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ४१ करोड २३ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु)भन्छन्, ‘सरकारको नीति तथा कडाईका कारण सिजनमा पनि बजार सुस्त गतिमा चलेको छ । इहिहासमा हेर्दा असारको पहिलो र दोस्रो साता बजारमा केही दबाब देखिएपनि लगानीकर्ता बजारमा लगानी गर्न हौसिन्थे । न्यूनतम ८/९ अर्बको कारोबार बजारमा देखिन्थ्यो । तर यस वर्ष असारमा भोल्युम २÷३ अर्बमा सीमित छ । यसले पनि अहिले लगानीकर्ता लगानी गर्न नचाहिरेको देखिन्छ । बजारमा अहिले कुनै पनि स्टक बढ्न सकेको छैन ।’

उनले थपे, ‘सरकारको नीतिका कारण ठूला व्यवसायीहरु सेयरबजारमा लगानी गर्न हौसिएका छैनन् । सिजनमै भोल्युम छैन भने पछि चाडपर्वको समयमा झन भोल्युम खस्न सक्ने देखिन्छ । प्राविधिक रुपमा सर्ट टर्ममा बजार २८ सयको विन्दुमा पुग्न सक्ला तर लगानीकर्ताले ठूलो रिटर्न पाउन मुस्किल छ । अब लङ टर्मका लागि हेर्ने हो भने बजार अझै केही समय २६÷ २७ सयकै विन्दुमा रुमलिन सक्ने देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात ३.१५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.०६ प्रतिशत, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल ०.७८, हाईड्रो ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, लघुवित्त ०.८९, म्युचुअल फण्ड ०.३५, निर्जीवन बीमा ०.९८ र अन्य ०.५२ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ को सर्वाधिक सेयर कारोबार भयो । यो डिबेञ्चरको आज ५३ करोड ९४ लाख बढीको सेयर कारोबार भयो । यस्तै सेन्ट्रल फाइनान्सको १५ करोड ५७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ८४ लाख, आँखुखाला जलविद्युतको ९ करोड ८३ लाख र ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ को ८ करोड ६५ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये तीनवटा  कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज सानिगाड हाईड्रो, स्नो रिभर्स र कालंगा हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ११.५५ प्रतिशत र बाराही हाईड्रोको सेयरमूल्य ४.०२ प्रतिशतले बढ्यो ।

यो दिन थ्रीस्टार हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १३.७९ प्रतिशतले घट्यो । यस्तै नेपाल फाइनान्सको ११.६४, खानीखोला हाईड्रोको ९.७२ र उपकार लघुवित्तको सेयरमूल्य ६.४५ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.