मंगलवार, श्रावण २०,२०८२ 05:21:31
  • मंगलवार, श्रावण २०,२०८२ 05:21:31
Global IME Bank Limited

नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार साढे ९ अर्ब

Hyundai Nepal
नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार साढे ९ अर्ब
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४१.७८ अंकले घटेर २ हजार ८३३.५७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले घटेर ४८८.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘ लगातार ४ सय अंकले बढेको सेयरबजारमा नाफा बुक चलेको छ । ३ हजार विन्दुभन्दा बजार माथि जान नसक्ने लगानीकर्ताको मनोविज्ञानका कारण समेत बजारमा गिरावट आउन पुग्यो । यस्तै उधारो कारोबार गर्नेहरुलाई ब्रोकरले दबाब दिदा र कारोबारीहरुले घाटामै सेयर बिक्री गर्दा बजारमा दबाब आएको छ ।’

यद्यपी समग्र अर्थतन्त्रको वित्तीय सूचकहरु सबल भएको र नियामक समेत बजारको विषयमा सकारात्मक भएकाले यो गिरावट लामो समय नटिक्ने उनले बताए ।  

अर्का बजार जानकार निमानन्द कंडेलले लगानीकर्ता छिट्टै आत्तिने र मात्तिने कारण र उधारोमा कारोबार गर्नेहरुलाई ब्रोकरहरुको दबाबका कारण बजार घट्न पुगेको बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । यो दिन लघुवित्त र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.४४ र ०.१७ प्रतिशतले बढे ।  

आज अन्य समूह सर्वाधिक अर्थात २.७६ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.०८ प्रतिशत, विकास बैंक २.४६, फाइनान्स १.८५, होटल ०.९९,हाईड्रो १.६४, लगानी १.७१, जीवन बीमा १.४२, उत्पादन तथा प्रशोधन १.६३ निर्जीवन बीमा १.२० र व्यापार समूह १.८५ प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३९ करोड २८ लाख बढीको कारोबार भयो ।  

यस्तै ट्रेड टावरको पनि आज ३७ करोड,शिवम् सिमेन्टको ३३ करोड २८ लाख, बुटवल पावर कम्पनीको ३० करोड ५८ लाख र ङादी ग्रुप पावरको २४ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर सर्किट लाग्ने कम्पनीहरुमा समाज लघुवित्त र उन्नती सहकार्य लघुवित्त मात्रै रहे ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य पनि आज ४.६४ प्रतिशत र श्रृजनशिल लघुवित्तको सेयरमूल्य ४.२२ प्रतिशतले बढ्यो ।  

थ्रीस्टार हाईड्रोको सेयरमूल्य आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । ट्रेड टावरको सेयरमूल्य पनि आज ७.३५ प्रतिशत,लुम्बिनी विकास बैंकको ५.४० र अपर सोलु हाईड्रोको सेयरमूल्य ४.८० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.