बुधबार, जेष्ठ ६,२०८३ 05:16:51
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:16:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२६ सय विन्दुबाट तल झर्यो नेप्से, जानकार भन्छन्, ‘मनोबल कमजोर हुनु मुख्य कारण’

Laxmi Sunrise Bank Limited
२६ सय विन्दुबाट तल झर्यो नेप्से, जानकार भन्छन्, ‘मनोबल कमजोर हुनु मुख्य कारण’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५९ प्रतिशत अर्थात १५.५४ अंकले घटेर २ हजार ५९४.१३ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४१.४२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
New Office
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,‘लगानीकर्ताको मनोबल घट्दा नै आज बजार घट्न पुगेको छ । बजारमा भ्रमपूर्ण नकारात्मक विषय बढी आए । नियमनकारी निकायाबाट यस्ता नकारातमक खबरलाई चिर्ने गरी नयाँ कार्यक्रमहरु नआउदा र सेबोनका अध्यक्षले पनि बजार सुधारको प्रयास नगर्दा बजारमा दबाब देखिन्छ ।’

पौडेलले बजारमा ट्रेडर हाबी हुँदा कम पूँजी भएका कम्पनी चल्ने र तीव्र नाफा बुक चलेको बताए । बजारमा घटाईमा राजनीतिक माहौल पनि मुख्य कारण रहेका उनको निष्कर्ष रहेको छ ।  

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘यतिबेला लगानीकर्ताको मनोबल कमजोर देखिन्छ । दोस्रो त्रैमासको प्रतिवेदन सोचेअनुरुप नआउने आँकलन भईरहेको कारण बैंकलगायतका समूहमा निरन्तर गिरावट आईरहेको छ । ’

थापाले प्राविधिक रुपमा डबल बटम बनाउन बजार २५ सयदेखि २४४० विन्दुसम्म आउन सक्ने आँकलन गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आयो । आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.८९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५ प्रतिशत, विकास बैंक ०.५८, वित्त १.३२,होटल १.३६,हाईड्रोपावर ०.४९, लगानी ०.६०,जीवन बीमा ०.५०,उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.४४,म्युचुअल फण्ड ०.४२,निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.६७ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४५ करोड २५ लाख बढीको कारोबार भयो । नयादी हाईड्रोको पनि आज २८ करोड २७ लाख,हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख,सिन्धु विकास बैंकको १३ करोड ३३ लाख र सानिमा मिडिल तमोरको १२ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज बाराही हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो । सुपरमादी हाईड्रोको सेयरमूल्य पनि आज ८.८७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ८.८७ प्रतिशत,सपोर्ट माइक्रोफाइनान्सको ८.४१ र नेपाल एसबीआई बैंकको सेयरमूल्य ७.३० प्रतिशतले बढ्यो ।  

आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ८.३६ प्रतिशत र अपरहेवा खोलाको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X