काठमाण्डौ । मंगलबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, लिन्च स्टक मार्केट र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज, एबीसी सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ५३ करोड ७९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४२ प्रतिशत सेयर खरिद भएको छ भने ५८ प्रतिशत सेयर बिक्री भएको छ ।


