दिपलको विश्वव्यापी सफलता: ५ लाख गाडी डेलिभरीको कीर्तिमान
शाङ्घाई । चाङगान अटोमोबाइलको नयाँ ऊर्जा सवारी (एनईभी) ब्रान्ड दिपल (Deepal) ले विश्वव्यापी रूपमा ५ लाख युनिट डेलिभरी गर्दै महत्वपूर्ण कीर्तिमान कायम गरेको छ।सन् २०२५ मे महिनामात्रै २५,५२१ इलेक्ट्रिक गाडी बिक्री गर्दै दिपलले अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७८ प्रतिशत वृद्धि गरेको छ भने यो संख्या अघिल्लो महिना अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो।