डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो, सक्रिय लगानीकर्ता भने तुलनात्मक रुपमा कम
काठमाण्डौ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको भए पनि करिब एक तिहाइ खाता निष्क्रिय अवस्थामा रहेको देखिएको छ। पूँजी बजारमा दर्ता भएका खाताको संख्या उच्च देखिए पनि नियमित कारोबार गर्ने लगानीकर्ताको संख्या तुलनात्मक रूपमा कम रहेको छ।

