सरकारद्वारा विद्यालय सुधारका लागि केन्द्र–स्थानीय समन्वय सुदृढ गर्ने तयारी
काठमाण्डौं । सरकारले विद्यालय क्षेत्रको सुधारलाई प्रभावकारी बनाउन सङ्घीय सरकार र स्थानीय तहबीचको समन्वय सुदृढ गर्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना प्रक्रिया, शुल्क विवाद तथा शैक्षिक व्यवस्थापनसँग सम्बन्धित विषयमा स्थानीय सरकार र सरोकारवालासँग विस्तृत छलफल अघि बढाउने जनाएको छ।

