एनसेल एपमा ‘शेक एन्ड विन’, हरेक २४ घण्टामा सरप्राइज उपहार
काठमाण्डौ । एनसेलले आफ्नो सेल्फ-सर्भिस मोबाइल एपको प्रयोग बढाउन ‘शेक एन्ड विन’ अभियान सञ्चालनमा ल्याएको छ। अभियानअन्तर्गत ग्राहकले एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तत्काल विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।अभियानमा सहभागी हुन ग्राहकले कुनै शुल्क तिर्नुपर्ने छैन। प्रत्येक २४ घण्टामा एकपटक मोबाइल हल्लाएर नयाँ उपहार प्राप्त गर्न सकिने एनसेलले जनाएको छ।

