फिफाको प्रतिबन्धले नेपाली फुटबलमा ठूलो धक्का, तीन अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिने संघारमा नेपाल
काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनको असर अब प्रत्यक्ष रूपमा नेपाली फुटबलमाथि पर्न थालेको छ। फिफाको प्रतिबन्ध समयमै फुकुवा नभए नेपालले एएफसीका तीन महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउने निश्चितजस्तै भएको छ।एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फाका महासचिव किरण राईलाई औपचारिक पत्र पठाउँदै फिफाको...

