फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । डिजिटल भुक्तानी प्रदायक कम्पनी फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासनको तयारी गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक २४ गते आयोजना गर्न लागेको छैठौं सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो । उक्त सभा कात्तिक २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डाकेको हो । सभा साँझ ५ बजेदेखि काठमाण्डौको नक्सालमा सुरु हुनेछ ।