काठमाण्डौ । डिजिटल भुक्तानी प्रदायक कम्पनी फोनपेले सर्वसाधारणमा आईपीओ निष्कासनको तयारी गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक २४ गते आयोजना गर्न लागेको छैठौं सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो ।
उक्त सभा कात्तिक २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डाकेको हो । सभा साँझ ५ बजेदेखि काठमाण्डौको नक्सालमा सुरु हुनेछ ।
सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक आर्थिक विवरण गत सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत पारित हुनेछ ।