निजी क्षेत्र द्वारा उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
काठमाण्डौ । निजी क्षेत्रले नेपालमा पहिलो पटक उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ ।सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो । सातवटा निजी जलविद्युत् प्रवर्द्धक कम्पनीले संयुक्त पहलमा...

