वीरगन्ज नाकाबाट ईभी आयातमा उल्लेख्य वृद्धि, राजस्व अढाइ गुणाले बढ्यो
काठमाण्डौं । नेपालको प्रमुख आयात नाका वीरगन्ज नाका हुँदै चालू आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ । विशेषगरी मध्यम क्षमताका विद्युतीय कार र दुईपांग्रे ईभीप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा आयात र राजस्व दुवैमा ठूलो उछाल देखिएको हो ।

