सोमबार, जेष्ठ ११,२०८३ 08:35:58
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 08:35:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वीरगन्ज नाकाबाट ईभी आयातमा उल्लेख्य वृद्धि, राजस्व अढाइ गुणाले बढ्यो

Laxmi Sunrise Bank Limited
वीरगन्ज नाकाबाट ईभी आयातमा उल्लेख्य वृद्धि, राजस्व अढाइ गुणाले बढ्यो
Shivam Cement

काठमाण्डौं । नेपालको प्रमुख आयात नाका वीरगन्ज नाका हुँदै चालू आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ ।  

विशेषगरी मध्यम क्षमताका विद्युतीय कार र दुईपांग्रे ईभीप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा आयात र राजस्व दुवैमा ठूलो उछाल देखिएको हो ।

Bizshala
New Office
CG Motors

वीरगन्ज भन्सार कार्यालय का अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ईभी आयात अघिल्लो वर्षको तुलनामा झण्डै डेढ गुणाले बढेको छ भने राजस्व संकलन करिब अढाइ गुणाले वृद्धि भएको छ ।

भन्सार तथ्यांकअनुसार ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कार, जीप र भ्यानको आयात सबैभन्दा धेरै बढेको छ ।  

गतवर्ष सोही अवधिमा केवल ६ वटा यस्ता सवारी आयात भएकोमा यस वर्ष ६५७ वटा आयात भएका थिए ।  

यसले नेपाली बजारमा मध्यम क्षमताका ईभीप्रति माग तीव्र रूपमा बढिरहेको संकेत गरेको छ ।

त्यस्तै विद्युतीय मोटरसाइकल र स्कुटरको आयात पनि उल्लेख्य रूपमा बढेको छ ।  

गतवर्ष वैशाखसम्म ४ हजार ८३४ वटा आयात भएकोमा यस वर्ष बढेर ८ हजार ८६७ पुगेको छ ।  

तीनपांग्रे विद्युतीय अटोको आयात पनि वृद्धि भएको छ । गत वर्ष १ हजार १३३ वटा आयात भएकोमा यस वर्ष १ हजार ६५४ वटा भित्रिएका छन् ।

अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे सवारीको आयातमा समेत तीव्र वृद्धि देखिएको छ ।  

गत वर्ष ६४० वटा आयात भएकोमा यस वर्ष २ हजार ४० वटा पुगेको छ ।  

यसलाई नेपालमै ईभी एसेम्बलिङ र साना उद्योग विस्तारको संकेतका रूपमा पनि हेरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

तर, सबै श्रेणीका ईभीमा भने समान वृद्धि देखिएको छैन । ५० किलोवाटसम्म क्षमताका साना ईभी कारको आयात घटेको छ ।

गतवर्ष १४१ वटा आयात भएकोमा यसवर्ष केवल १८ वटा मात्रै आयात भएका छन् ।  

त्यस्तै २०१ देखि ३०० किलोवाट क्षमताका उच्च शक्तिका ईभी पनि १५ बाट घटेर २ वटामा सीमित भएका छन् ।

भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म वीरगन्ज नाकाबाट कुल १५ हजार २७१ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।  

ती सवारीबाट २ अर्ब २ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।  

गतवर्ष सोही अवधिमा ९ हजार ४२ वटा ईभी आयात हुँदा ८१ करोड ४७ लाख रुपैयाँ मात्रै राजस्व उठेको थियो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि, चार्जिङ पूर्वाधार विस्तार तथा ईभीप्रति बढ्दो जनचेतनाका कारण नेपालमा विद्युतीय सवारीको माग तीव्र रूपमा बढ्दै गएको छ ।  

उनका अनुसार बजारमा अहिले मध्यम मूल्य र मध्यम क्षमताका ईभीप्रति उपभोक्ताको आकर्षण सबैभन्दा धेरै देखिएको छ ।

पछिल्लो तथ्यांकले नेपालमा सवारी बजार विस्तारै पेट्रोल–डिजेलबाट विद्युतीयतर्फ मोडिन थालेको स्पष्ट संकेत दिएको विश्लेषण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.