सोमबार, जेष्ठ ११,२०८३ 07:59:15
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 07:59:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

थापाथलीमा सीजी मोटर्सको नयाँ फ्ल्यागसिप शोरूम सञ्चालनमा

Laxmi Sunrise Bank Limited
थापाथलीमा सीजी मोटर्सको  नयाँ फ्ल्यागसिप शोरूम सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । सिजी मोटर्सले काठमाण्डौको थापाथलीमा आयोनको नयाँ फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको छ। उक्त शोरुमको उद्घाटन सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी इन्टरनेसनल र जीएसी आयोनका प्रतिनिधि रेमन वङले संयुक्त रूपमा गरेका हुन्।

यो शोरुम गत वर्षको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो ।

शोरुम उद्घाटन कार्यक्रममा निर्भाना चौधरीले आन्दोलनका क्रममा जलेको पुरानो शोरुम सम्झिँदै भावुक बनिन्। उनले उक्त शोरुमलाई नेपालकै आइकोनिक शोरुम बनाउने सपना रहेको उल्लेख गर्दै त्यसको विनाशले आफूलाई सबैभन्दा बढी पीडा दिएको बताइन्। तर, त्यही पीडालाई अवसरमा बदल्दै कम्पनीले अझ आधुनिक, ठूलो र ‘हाइटेक’ फ्ल्यागसिप केन्द्र निर्माण गरेको उनको भनाइ थियो।

Bizshala
New Office
CG Motors

कम्पनीका अनुसार नयाँ शोरुम केवल सवारी बिक्री केन्द्र नभई ‘स्मार्ट मोबिलिटी एक्सपिरियन्स सेन्टर’ का रूपमा विकास गरिएको छ, जहाँ ग्राहकले प्रिमियम ईभी अनुभव, टेस्ट ड्राइभ, अत्याधुनिक बिक्रीपछिको सेवा र चार्जिङ सपोर्ट एकै स्थानमा पाउनेछन्।

नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारलाई लक्षित गर्दै सिजी मोटर्सले आयोन वाई र आयोन भी जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीमार्फत बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीति लिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

विशेषगरी आयोन भीलाई लामो दूरी र प्रिमियम अनुभव खोज्ने ग्राहक लक्षित मोडलका रूपमा प्रस्तुत गरिएको छ। यसमा ७५.३ किलोवाट आवर ब्याट्री, १०० किलोवाट मोटर र ६५० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ। 

त्यस्तै आयोन वाई पारिवारिक प्रयोगका लागि डिजाइन गरिएको स्टाइलिस तथा सहज ईभीका रूपमा बजारमा लोकप्रिय बन्दै गएको बताइएको छ।

हाल कम्पनीले नेपालभर २६० भन्दा बढी स्थानमा चार्जिङ नेटवर्क विस्तार गरिसकेको दाबी गरेको छ। ईभी पूर्वाधार विस्तारमा निजी क्षेत्रको सक्रियता बढिरहेका बेला यो शोरुम उद्घाटनलाई नेपालको विद्युतीय यातायात यात्राको अर्को महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.