काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । शाहले मंगलबार
बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।
उक्त भेटनेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गरेका थिए ।

