Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 04:58:10
तर्सिएका लगानीकर्ताले मागे पूँजीबजारसम्बन्धी बालेन सरकारको आधिकारिक धारणा
Capital Market

तर्सिएका लगानीकर्ताले मागे पूँजीबजारसम्बन्धी बालेन सरकारको आधिकारिक धारणा

काठमाण्डौ । नेपालको सेयर बजारमा सक्रिय लगानीकर्ताका चार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बालेन शाह नेतृत्वको सरकारको बजारसम्बन्धी आधिकारिक धारणा मागेका छन् ।  बालेन नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकबाट पारित भएका सरकारका १०० कार्यसूचीमा धितोपत्र बजार प्राथमिकतामा नपरेको उल्लेख गर्दै त्यही सशंयका कारण बजारमा लगातार पहिरो जान थालेपछि सरकारको आधिकारिक...

सहकारीपीडितको रकम कहिलेबाट फिर्ता गर्ने ? मन्त्रिपरिषदमा सुरु भयो छलफल
ECONOMY& POLITICS

सहकारीपीडितको रकम कहिलेबाट फिर्ता गर्ने ? मन्त्रिपरिषदमा सुरु भयो छलफल

काठमाण्डौ । सहकारीमा अड्किएको बचत फिर्ताको विषय फेरि मन्त्रिपरिषद् बैठकको एजेन्डामा पुगे पनि सरकार अझै निर्णयमा पुग्न सकेको छैन। सोमबारको बैठकमा यसबारे गहन छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान
ECONOMY& POLITICS

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले चैत १९ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेपछि सोही आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।

संविधान संशोधनको गृहकार्य सुरु: असीम साह नेतृत्वमा कार्यदल गठन, सबै दलको सुझाव समेटिने
ECONOMY& POLITICS

संविधान संशोधनको गृहकार्य सुरु: असीम साह नेतृत्वमा कार्यदल गठन, सबै दलको सुझाव समेटिने

काठमाण्डौ । सरकारले संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने संकेतस्वरूप आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको नेतृत्वमा गठन गरिएको उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहभागिता रहनेछ।

चैत १९ बाट संसद् अधिवेशन बोलाउने सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी
ECONOMY& POLITICS

चैत १९ बाट संसद् अधिवेशन बोलाउने सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी

काठमाण्डौ । सरकारले संघीय संसद्को नयाँ अधिवेशन आह्वान गर्ने प्रक्रिया अगाडि बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

फुल गियरमा गृह प्रशासन: एकान्तकुनामा ‘बिचौलिया क्लिनअप’, १५ जना नियन्त्रणमा
NEWS

फुल गियरमा गृह प्रशासन: एकान्तकुनामा ‘बिचौलिया क्लिनअप’, १५ जना नियन्त्रणमा

काठमाण्डौ । सेवाग्राहीमाथि हुने हैरानी र अवैध असुली नियन्त्रण गर्न गृह प्रशासन फुल गियरमा उत्रिएको छ। सोही अभियानअन्तर्गत यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आजको मन्त्रिपरिषद् बैठकबाट डेपुटी गभर्नर नियुक्ति हुन सक्ने
ECONOMY& POLITICS

आजको मन्त्रिपरिषद् बैठकबाट डेपुटी गभर्नर नियुक्ति हुन सक्ने

काठमाण्डौ । नयाँ सरकार गठन भएपछि आज अपराह्न ४ बजे दोस्रो मन्त्रिपरिषद् बैठक बस्दैछ । यो बैठकले राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ । 

नीतिगत सुधारले लगानी वातावरण सुध्रिने संकेत: उद्योग परिसंघ
ECONOMY& POLITICS

नीतिगत सुधारले लगानी वातावरण सुध्रिने संकेत: उद्योग परिसंघ

काठमाण्डौ । सरकारका हालैका नीतिगत कदमहरूप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ। नेपाल उद्योग परिसंघ (CNI) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अघि सारेका ऐन खारेजी तथा नीतिगत सुधारका पहलहरूलाई स्वागतयोग्य भन्दै अर्थतन्त्र सुधारतर्फ महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेको छ।

बैशाख १ गतेदेखि कक्षा १२ सम्मका विद्यार्थीलक्षित प्रवेश परीक्षा कक्षा र ब्रिज कोर्स चलाउन नपाइने
ECONOMY& POLITICS

बैशाख १ गतेदेखि कक्षा १२ सम्मका विद्यार्थीलक्षित प्रवेश परीक्षा कक्षा र ब्रिज कोर्स चलाउन नपाइने

काठमाण्डौ । सरकारले निजी संस्थाहरूले सञ्चालन गर्दै आएका कक्षा १२ सम्मका विद्यार्थी लक्षित प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ। आगामी वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू देशभर पूर्ण रूपमा रोक लगाइने भएको हो।

बालेन टिम ‘एक्सन मोड’मा: २४ घण्टाभित्र बेटिङ एप बन्द गर्ने आदेश
ECONOMY& POLITICS

बालेन टिम ‘एक्सन मोड’मा: २४ घण्टाभित्र बेटिङ एप बन्द गर्ने आदेश

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनसँगै मन्त्रीहरू आक्रामक रूपमा ‘एक्सन मोड’मा देखिएका छन्। त्यसको सुरुआत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैध अनलाइन बेटिङ एपहरूविरुद्ध कडा कदम चाल्दै गरेको छ।

आफ्ना एक-एक सुझाव सरकारले स्वीकार्न थालेपछि मख्ख एफएनसीसीआई अध्यक्ष, निजी क्षेत्रको मनोबल र लगानी बढ्ने
ECONOMY& POLITICS

आफ्ना एक-एक सुझाव सरकारले स्वीकार्न थालेपछि मख्ख एफएनसीसीआई अध्यक्ष, निजी क्षेत्रको मनोबल र लगानी बढ्ने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा २०८२ चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले निजीक्षेत्र संरक्षण एवम् प्रवद्र्धन रणनीति (Private Sector Protection and Promotion Strategy)(पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघले २०८२ कार्तिक २२ गते आर्थिक बहसः २.० कार्यक्रम आयोजना गरि परिवर्तित अवस्थामा उक्त रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको...

गृहमन्त्रीको खुलासा: 'जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको पैसाको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेका हुन्'
NEWS

गृहमन्त्रीको खुलासा: 'जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको पैसाको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेका हुन्'

काठमाण्डौ । पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छ। गृहमन्त्री सुधन गुरुङले खड्कालाई नियन्त्रणमा लिनुको मुख्य कारण ‘जेनजी आन्दोलन’का क्रममा उनको निवासबाट बरामद भएको नगदको अनुसन्धान रहेको खुलासा गरेका छन्।

अब ३० दिनभित्रै सार्वजनिक बसमा सीसी क्यामेरा, मोबाइलमा खतरा बटन
NEWS

अब ३० दिनभित्रै सार्वजनिक बसमा सीसी क्यामेरा, मोबाइलमा खतरा बटन

काठमाण्डौ । सरकारले सार्वजनिक यातायात क्षेत्रमा ठूलो संरचनागत सुधारको सुरुवात गर्ने घोषणा गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीअन्तर्गत सार्वजनिक सवारी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ३० दिनभित्रै प्रविधिमैत्री सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरिएको हो।

बालेनको अर्को बोल्ड कदम: ‘एभिडेन्स’ जोगाउन रोकियो देउवाको घर भत्काउने प्रक्रिया
ECONOMY& POLITICS

बालेनको अर्को बोल्ड कदम: ‘एभिडेन्स’ जोगाउन रोकियो देउवाको घर भत्काउने प्रक्रिया

काठमाण्डौ । सरकारले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ। ‘जेनजी आन्दोलन’को दोस्रो दिन उक्त निवासमा भएको आगजनीपछि घटनास्थललाई अनुसन्धानका लागि महत्वपूर्ण प्रमाणका रूपमा सुरक्षित राख्न आवश्यक देखिएकाले यस्तो निर्णय गरिएको प्रहरी स्रोतले जनाएको छ।

सत्ता सम्हाल्दै बालेनको सरप्राइजः सबै दलका राम्रा एजेन्डा अब 'राष्ट्रिय एजेन्डा'
ECONOMY& POLITICS

सत्ता सम्हाल्दै बालेनको सरप्राइजः सबै दलका राम्रा एजेन्डा अब 'राष्ट्रिय एजेन्डा'

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले पहिलो क्याबिनेट बैठकमै १०० वटा ऐतिहासिक निर्णय गर्दै नेपालको राजनीतिमा नयाँ अध्याय खोलेको छ । यी निर्णयमध्ये सबैभन्दा चर्चित र नवीन छ – अरु राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रमा उल्लेखित कार्यान्वयनयोग्य राम्रा एजेन्डालाई समेटेर ‘राष्ट्रिय...

अनावश्यक बोर्ड-समिति खारेज गर्दै सरकार, प्रशासन सुधारमा कडा कदम
ECONOMY& POLITICS

अनावश्यक बोर्ड-समिति खारेज गर्दै सरकार, प्रशासन सुधारमा कडा कदम

काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले राज्य संरचनामा व्यापक सुधार गर्दै अनावश्यक बोर्ड, समिति र संस्थाहरू खारेज गर्ने निर्णय गरेको छ। शासकीय सुधारअन्तर्गत सरकारले दोहोरो कार्यक्षेत्र भएका र वित्तीय भार बढाउने संरचनाहरू हटाउने वा एकीकरण गर्ने योजना अघि सारेको हो।

जेन-जी आन्दोलन प्रभावितलाई न्याय र राहत: १०० दिनभित्र पुनर्स्थापना प्याकेज ल्याउने सरकारको घोषणा
ECONOMY& POLITICS

जेन-जी आन्दोलन प्रभावितलाई न्याय र राहत: १०० दिनभित्र पुनर्स्थापना प्याकेज ल्याउने सरकारको घोषणा

काठमाण्डौ । जेन–जी आन्दोलनका क्रममा प्रभावित परिवार र नागरिकलाई न्याय, पुनर्स्थापना र राहत उपलब्ध गराउन बालेन शाह नेतृत्वको सरकारले विशेष योजना अघि सारेको छ। शासकीय सुधारअन्तर्गत सरकारले १०० दिनभित्र एकीकृत पुनर्स्थापना प्याकेज कार्यान्वयनमा ल्याउने घोषणा गरेको हो।

सहकारी बचतकर्तालाई १०० दिनभित्र डूबेको रकम फिर्ता प्रक्रिया सुरु गर्ने सरकारको घोषणा
ECONOMY& POLITICS

सहकारी बचतकर्तालाई १०० दिनभित्र डूबेको रकम फिर्ता प्रक्रिया सुरु गर्ने सरकारको घोषणा

काठमाण्डौ । सहकारी क्षेत्रमा देखिएको गम्भीर संकट समाधान गर्न बालेन शाह नेतृत्वको सरकारले महत्वपूर्ण घोषणा गरेको छ। सरकारले सहकारीमा फसेको सर्वसाधारणको बचत रकम फिर्ता गराउने प्रक्रिया १०० दिनभित्र सुरु गर्ने निर्णय गरेको हो।

मध्यपूर्व युद्धको असरबाट नेपाली अर्थतन्त्रलाई कसरी जोगाउने ? सरकारले ल्यायो ठोस योजना
ECONOMY& POLITICS

मध्यपूर्व युद्धको असरबाट नेपाली अर्थतन्त्रलाई कसरी जोगाउने ? सरकारले ल्यायो ठोस योजना

काठमाण्डौ । मध्यपूर्वमा जारी द्वन्द्वको सम्भावित असरबाट नेपाली अर्थतन्त्रलाई जोगाउन बालेन शाह नेतृत्वको सरकारले महत्वपूर्ण कदम अघि सारेको छ। सरकारले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्न उच्चस्तरीय अन्तर–मन्त्रालय कार्यदल गठन गर्ने घोषणा गरेको हो।शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको कार्यसूचीअनुसार परराष्ट्र मन्त्रालयको संयोजनमा ३० दिनभित्र...

राजस्व प्रणालीमा ठूलो सुधार: डिजिटल निगरानी र स्वचालित कर प्रशासन लागू हुँदै
ECONOMY& POLITICS

राजस्व प्रणालीमा ठूलो सुधार: डिजिटल निगरानी र स्वचालित कर प्रशासन लागू हुँदै

काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले राजस्व प्रणालीलाई पारदर्शी, डिजिटल र प्रभावकारी बनाउने लक्ष्यसहित व्यापक सुधार योजना अघि सारेको छ। शासकीय सुधारअन्तर्गत सरकारले कर प्रशासनदेखि निष्क्रिय स्रोत परिचालनसम्मका विभिन्न नयाँ कदमहरू सार्वजनिक गरेको हो।सरकारले लामो समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण संकलन गरी दाबी नपरेको रकम कानुनी...

निजी क्षेत्रलाई बचाउन सरकार मैदानमा, विशेष ‘प्रोटेक्सन प्लान’ र आर्थिक प्याकेज
ECONOMY& POLITICS

निजी क्षेत्रलाई बचाउन सरकार मैदानमा, विशेष ‘प्रोटेक्सन प्लान’ र आर्थिक प्याकेज

काठमाण्डौ । जेन–जी आन्दोलनपछि प्रभावित बनेको निजी क्षेत्रलाई पुनर्जीवित गर्न बालेन शाह नेतृत्वको सरकारले आक्रामक रणनीति अघि सारेको छ। शासकीय सुधारअन्तर्गत सरकारले निजी क्षेत्रको सुरक्षा, स्थायित्व र विश्वास पुनःस्थापना गर्ने लक्ष्यसहित विशेष योजना सार्वजनिक गरेको हो।

बैंकिङ क्षेत्रमा ठूलो सुधार: ऋण सहज, जोखिम घट्ने र ‘वन डोर’ प्रणाली लागू हुँदै
ECONOMY& POLITICS

बैंकिङ क्षेत्रमा ठूलो सुधार: ऋण सहज, जोखिम घट्ने र ‘वन डोर’ प्रणाली लागू हुँदै

काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले बैंकिङ तथा वित्तीय क्षेत्रलाई प्रत्यक्ष असर पार्ने गरी महत्वपूर्ण सुधारका कदमहरू अघि सारेको छ। शासकीय सुधारका लागि सार्वजनिक गरिएको १०० कार्यसूचीअन्तर्गत बैंकिङ सेवा सहज बनाउने, ऋण प्रवाह बढाउने र व्यवसाय दर्तालाई सरल बनाउने नीति सार्वजनिक गरिएको हो।

रेड फ्ल्याग सिस्टमबाट भ्रष्टाचारमा कडा अंकुश लगाउने तयारीः बैंक, वालेट, शेयर सबै निगरानीमा
ECONOMY& POLITICS

रेड फ्ल्याग सिस्टमबाट भ्रष्टाचारमा कडा अंकुश लगाउने तयारीः बैंक, वालेट, शेयर सबै निगरानीमा

काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउने लक्ष्यसहित कडा र प्रविधिमैत्री कदमहरू अघि सारेको छ। शासकीय सुधारका लागि सार्वजनिक गरिएको १०० कार्यसूचीअन्तर्गत सरकारले वित्तीय पारदर्शिता र निगरानीलाई नयाँ उचाइमा पुर्‍याउने योजना सार्वजनिक गरेको हो।

अब घरमै पासपोर्ट–नागरिकता  ! बालेन सरकारको पहिलो निर्णयमै ‘होम डेलिभरी’ सिस्टम
ECONOMY& POLITICS

अब घरमै पासपोर्ट–नागरिकता ! बालेन सरकारको पहिलो निर्णयमै ‘होम डेलिभरी’ सिस्टम

काठमाण्डौ । बालेन शाह नेतृत्वको नयाँ सरकारले आफ्नो पहिलो निर्णयमै नागरिकलाई सरकारी सेवा घरमै उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि सार्वजनिक गरेको १०० कार्यसूचीअन्तर्गत अब पासपोर्ट, नागरिकता प्रतिलिपि, सवारी चालक अनुमति पत्रलगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

६० दिनभित्र क्याम्पसबाट दलगत विद्यार्थी संगठन हट्ने, परीक्षा प्रणाली पनि सुधारिने
ECONOMY& POLITICS

६० दिनभित्र क्याम्पसबाट दलगत विद्यार्थी संगठन हट्ने, परीक्षा प्रणाली पनि सुधारिने

काठमाण्डौ । सरकारले शिक्षा क्षेत्रमा देखिएको दलीय प्रभाव अन्त्य गर्दै विद्यालय र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने योजना अघि सारेको छ। शासकीय सुधारका लागि सार्वजनिक गरिएको १०० कार्यसूचीअन्तर्गत ६० दिनभित्र शैक्षिक संस्थाबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने जनाइएको छ।

भदौ २४ को घटनामा एक हप्ताभित्र छानबिन समिति गठन हुने
ECONOMY& POLITICS

भदौ २४ को घटनामा एक हप्ताभित्र छानबिन समिति गठन हुने

काठमाण्डौ । जेन-जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते भएको घटनाको सत्यतथ्य उजागर गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी गरेको छ।

निजामतीमा दलगत युनियन बन्द, ४५ दिनभित्र विधेयक आउने
ECONOMY& POLITICS

निजामतीमा दलगत युनियन बन्द, ४५ दिनभित्र विधेयक आउने

काठमाण्डौ । निजामती सेवामा रहेका दलगत ट्रेड युनियनहरू खारेज गर्ने निर्णय सरकारले गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो।

नेता-उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र शक्तिशाली समिति गठन हुने
ECONOMY& POLITICS

नेता-उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र शक्तिशाली समिति गठन हुने

काठमाण्डौ । सरकारले नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १५ दिनभित्र उक्त समिति गठन गरिनेछ।

बालेन सरकारको ‘१०० सुधार प्याकेज’ सार्वजनिक, जनताका लागि सरप्राइजै सरप्राइज !
ECONOMY& POLITICS

बालेन सरकारको ‘१०० सुधार प्याकेज’ सार्वजनिक, जनताका लागि सरप्राइजै सरप्राइज !

काठमाण्डौ । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारले शुक्रबार (१३ चैत २०८२) को मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची स्वीकृत गरेको थियो। शनिबार साँझ सरकारले ती सूची औपचारिक रूपमा सार्वजनिक गरेको छ।यी कार्यसूची मुख्य रूपमा प्रशासनलाई नतिजामुखी, डिजिटल, पारदर्शी र जनमुखी बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाह सरल बनाउने र जनताको...

पहिलो चरणमा सानो सचिवालय बनाए बालेनले, पूर्ण टिम सोमबारसम्म
ECONOMY& POLITICS

पहिलो चरणमा सानो सचिवालय बनाए बालेनले, पूर्ण टिम सोमबारसम्म

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ले पहिलो चरणमा सीमित सदस्यसहित सानो सचिवालय टिम गठन गरेका छन्। बाँकी सदस्यहरू भने सोमबारसम्म थपिने तयारी गरिएको छ।

ओली-लेखकमाथि तुरुन्त कारबाही ! सुरक्षा निकायमा भने अध्ययन समिति
ECONOMY& POLITICS

ओली-लेखकमाथि तुरुन्त कारबाही ! सुरक्षा निकायमा भने अध्ययन समिति

काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा गौरीबहादुर कार्की अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।बैठकले आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका व्यक्तिहरूमाथि तत्काल कारबाही अघि बढाउने निर्णय गरेको छ।

बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट भए १०० निर्णय !
ECONOMY& POLITICS

बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट भए १०० निर्णय !

काठमाण्डौ । बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय गरेको छ ।  एक मन्त्रीका अनुसार पूर्व तयारी अनुसार विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव तथा प्रधानमन्त्री बालेन शाहले कोरेको खाकाअनुसारका १०० वटा निर्णय भएका हुन् । जसलाई सरकारले 'शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय' भनेको छ । 

जेनजी प्रतिवेदन कार्यान्वयन गर्ने बालेन क्याबिनेटको निर्णय
ECONOMY& POLITICS

जेनजी प्रतिवेदन कार्यान्वयन गर्ने बालेन क्याबिनेटको निर्णय

काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । शुक्रबार अपराह्न सिंहदरबारमा बसेको क्याबिनेट बैठकले आन्दोलनसँग सम्बन्धित सिफारिसहरू लागू गर्ने दिशामा अघि बढ्ने स्पष्ट संकेत दिएको हो ।

कक्षाबाट क्याबिनेटसम्म: गुरु र चेला एकैपटक मन्त्री
ECONOMY& POLITICS

कक्षाबाट क्याबिनेटसम्म: गुरु र चेला एकैपटक मन्त्री

काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार केवल राजनीतिक परिवर्तनको कथा मात्र होइन, संरचनागत र सांकेतिक सन्देश बोकेको क्याबिनेटको रूपमा पनि उभिएको छ । दुईतिहाइ नजिकको जनमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनसँगै नयाँ अनुहार, नयाँ ऊर्जा र नयाँ अभ्यास प्रस्तुत गरेको छ ।३६ वर्षकै उमेरमा प्रधानमन्त्री बनेर बहुदलीय व्यवस्थापछि सबैभन्दा कम उमेरका कार्यकारी...

बालेन सरकारको पहिलो क्याबिनेट बस्दै, के आउला सरप्राइज ?
ECONOMY& POLITICS

बालेन सरकारको पहिलो क्याबिनेट बस्दै, के आउला सरप्राइज ?

काठमाण्डौ । नयाँ राजनीतिक अध्याय सुरु भएसँगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार आज पहिलो पटक क्याबिनेट बैठकमा जुट्दैछ। केहीबेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकलाई लिएर ‘सरप्राइज निर्णय’को चर्चा तीव्र बनेको छ।

३३ प्रतिशत महिला मन्त्री : बालेनको मन्त्रिपरिषदले रच्यो कीर्तिमान
ECONOMY& POLITICS

३३ प्रतिशत महिला मन्त्री : बालेनको मन्त्रिपरिषदले रच्यो कीर्तिमान

काठमाण्डौ । १८ वर्षपछि राज्यको समावेशी नीतिले पहिलो पटक मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हासिल गरेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषदमा ५ जना महिला मन्त्री नियुक्त भएका छन्। यो प्रतिशत ठ्याक्कै एक तिहाइ हो।

नवनियुक्त मन्त्रीले पनि लिए सपथ, कसको कुन बरियता ?
ECONOMY& POLITICS

नवनियुक्त मन्त्रीले पनि लिए सपथ, कसको कुन बरियता ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा वरीयताका हिसाबले दोस्रो स्थानमा स्वर्णिम वाग्ले रहेका छन् भने तेस्रो नम्बरमा सुधन गुरुङ छन् । वाग्लेले अर्थ मन्त्रालय सम्हालेका छन् भने गुरुङ गृहमन्त्री नियुक्त भएका छन् ।

बालेनले प्रधानमन्त्रीको सपथ लिए, ४ पूर्व प्रम पुग्दा ओली भने अनुपस्थित
ECONOMY& POLITICS

बालेनले प्रधानमन्त्रीको सपथ लिए, ४ पूर्व प्रम पुग्दा ओली भने अनुपस्थित

काठमाण्डौ । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरेका छन् । रास्वपा संसदीय दलका नेताको हैसियतमा उनी देशको कार्यकारी नेतृत्वमा पुगेका हुन् ।

अन्तिम घडीमा अमरेश आउट, उद्योग मन्त्रालय बालेनकै हातमा
ECONOMY& POLITICS

अन्तिम घडीमा अमरेश आउट, उद्योग मन्त्रालय बालेनकै हातमा

काठमाण्डौ । बालेन शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद गठनको अन्तिम चरणमा नाटकीय मोड आएको छ । मन्त्री बन्ने लगभग निश्चित मानिएका अमरेश कुमार सिंहको नाम अन्तिम सूचीबाट हटाइएको छ ।

तयार भयो टिम बालेन: रक्षा र उद्योग आफैंले राखे, बाँकीमा कसले कुन मन्त्रालय पाए ?
ECONOMY& POLITICS

तयार भयो टिम बालेन: रक्षा र उद्योग आफैंले राखे, बाँकीमा कसले कुन मन्त्रालय पाए ?

काठमाण्डौ । बालेन्द्र शाह(बालेन)को नेतृत्वमा बन्ने मन्त्रिपरिषदमा सहभागी मन्त्रीहरुको नाम फाइनल भएको छ ।  

बालेन क्याबिनेटका १२ मन्त्रीको नाम फाइनल, को-को ?-सूचिसहित)
ECONOMY& POLITICS

बालेन क्याबिनेटका १२ मन्त्रीको नाम फाइनल, को-को ?-सूचिसहित)

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेटमा सहभागी हुने १२ मन्त्रीको नाम टुंगो लगाएको छ।  पार्टीनिकट विश्वस्त स्रोतहरुबाट प्राप्त हालसम्मको अपडेट अनुसार १२ वटा मन्त्रीको नाम टुंगिएको हो ।मन्त्री बन्ने फाइनल नामहरु:

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रालयसहित मन्त्रिपरिषदमा दोश्रो बरियता
ECONOMY& POLITICS

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रालयसहित मन्त्रिपरिषदमा दोश्रो बरियता

काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बालेन शाह नेतृत्वको सरकारमा दोश्रो बरियता पाउने समझदारी भएको छ । वाग्लेनिकट स्रोतका अनुसार रास्वपाका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीपछिको दोश्रो बरियता डा. वाग्लेलाई दिने समझदारी बनेको हो । 

बालेन क्याबिनेट फाइनलतिर: अमेरशलाई उद्योग, लम्साललाई भौतिक, रावललाई सामान्य प्रशासन र विराजलाई उर्जा
ECONOMY& POLITICS

बालेन क्याबिनेट फाइनलतिर: अमेरशलाई उद्योग, लम्साललाई भौतिक, रावललाई सामान्य प्रशासन र विराजलाई उर्जा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी रहँदा नयाँ मन्त्रीहरूको नाम टुंगो लाग्न थालेको छ। सोही क्रममा अमरेश कुमार सिंह, सुनिल लम्साल र प्रतिभा रावल मन्त्री बन्ने निश्चित भएको छ।

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त
ECONOMY& POLITICS

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले आज बिहान उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

अर्थमा स्वर्णिमले बाजी मारे, गृहमा सुधन, परराष्ट्रमा शिशिर जाने, सोविता गौतम कानूनमन्त्री बन्दा डीपीलाई सभामुख
ECONOMY& POLITICS

अर्थमा स्वर्णिमले बाजी मारे, गृहमा सुधन, परराष्ट्रमा शिशिर जाने, सोविता गौतम कानूनमन्त्री बन्दा डीपीलाई सभामुख

काठमाण्डौ । रवि लामिछाने र बालेन शाहबीच सुधन गुरुङलाई गृहमन्त्री बनाउने विषयमा सहमति भएको दाबी गरिएको छ ।  रास्वपास्थित एक उच्च स्रोतका अनुसार बिहानैदेखि लामिछाने र शाहले मन्त्रीहरुको नाम फाइनल गर्ने प्रयासलाई तीव्र बनाएका छन् । उनीहरु काठमाण्डौको एक होटलमा निरन्तर छलफलमा छन् । सो क्रममा बालेन शाहको प्रस्तावअनुसार सुधन गुरुङलाई गृहमन्त्री बनाउन लामिछाने लगभग तयार...

प्रधानमन्त्रीको शपथअघि दौडधुप: १६ सदस्यीय क्याबिनेट बनाइने, केही मन्त्रीको नाम फाइनल
NEWS

प्रधानमन्त्रीको शपथअघि दौडधुप: १६ सदस्यीय क्याबिनेट बनाइने, केही मन्त्रीको नाम फाइनल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शपथको निर्धारित समयभन्दा केही अघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ। दिउँसो १२ः३४ बजे शुभ साइतमा शाहले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ।तर शपथअघि नै सरकार गठनको ‘कोर...

नयाँ शैलीमा सत्तारोहण: शुभ साइतमा बालेनको शपथ, परम्परा र नवप्रयोगको संगम
NEWS

नयाँ शैलीमा सत्तारोहण: शुभ साइतमा बालेनको शपथ, परम्परा र नवप्रयोगको संगम

काठमाण्डौ । मुलुकले आज नयाँ राजनीतिक अध्याय सुरु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता **बालेन्द्र शाह (बालेन)**लाई प्रधानमन्त्रीका रूपमा पाउँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइतमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतसहित सरकार...

भावी प्रधानमन्त्रीको र्‍याप गीत : ‘जय महाकाली’बाट के सन्देश दिए बालेनले ?
OFF THE BEAT

भावी प्रधानमन्त्रीको र्‍याप गीत : ‘जय महाकाली’बाट के सन्देश दिए बालेनले ?

काठमाण्डौ । प्रधानमन्त्री पदको शपथ लिनुअघिको अन्तिम साँझ, बालेन शाह (बालेन्द्र शाह) ले आफ्नो पुरानो र शक्तिशाली र्‍याप गीत पुनः सार्वजनिक गरेका छन् । ‘जय महाकाली’ शीर्षकको यो गीत आज (चैत १२ गते) उनको आधिकारिक युट्युब च्यानलमा अपलोड भएको छ । भोलि चैत १३ गते रामनवमीका दिन मध्याह्न १२ः३४ बजे उनी प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै छन् । ठ्याक्कै शपथअघिको यो टाइमिङलाई...

रास्वपाको ‘फाइनल टच’: आजै टुङ्गिने मन्त्रीहरूको नाम कस्तो आउँदैछ ?
ECONOMY& POLITICS

रास्वपाको ‘फाइनल टच’: आजै टुङ्गिने मन्त्रीहरूको नाम कस्तो आउँदैछ ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ बन्ने मन्त्रिपरिषद्लाई पूर्णता दिन अन्तिम चरणको कसरत तीव्र बनाएको छ। प्रधानमन्त्री पदका लागि अघि सारिएका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच मन्त्री चयनका विषयमा उच्चस्तरीय छलफल जारी रहेको छ।

रास्वपाले संसदीय दल गठन गर्‍यो, बालेन शाह सर्वसम्मत नेता चयन
ECONOMY& POLITICS

रास्वपाले संसदीय दल गठन गर्‍यो, बालेन शाह सर्वसम्मत नेता चयन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले संसदीय दल गठन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।बैठकपछि पार्टी प्रवक्ता तथा सांसद मनिष झाले केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै संसदीय दल गठन र बालेन शाहलाई दलको नेताका...

सपथ लिन जाँदा बालेनले किन लगाए मृत्युको बाटो छेक्ने कवच ?
ECONOMY& POLITICS

सपथ लिन जाँदा बालेनले किन लगाए मृत्युको बाटो छेक्ने कवच ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले सांसदको शपथ ग्रहण गर्दा सामान्य नेपाली पोशाकलाई पनि विशेष बनाए । दौरा-सुरुवाल, कालो कोट र टोपीसँगै उनको देब्रे छातीमा एउटा रंगीन, चारकुने सानो प्रतीक झुलिरहेको थियो-सिलाम साक्मा ।

सत्तामा ‘साइत’को इन्ट्री, बालेनले तोड्दैछन् पुरानो परम्परा !
ECONOMY& POLITICS

सत्तामा ‘साइत’को इन्ट्री, बालेनले तोड्दैछन् पुरानो परम्परा !

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)को प्रधानमन्त्री पदको सपथग्रहणका लागि शुक्रबार (चैत १३ गते) मध्याह्न १२:३४ बजेको समय प्रस्ताव गरिएको छ।

स्मार्ट क्याबिनेट बनाउन बालेनको दौडधूप, को-को बन्दैछन् मन्त्री ?
ECONOMY& POLITICS

स्मार्ट क्याबिनेट बनाउन बालेनको दौडधूप, को-को बन्दैछन् मन्त्री ?

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ बहुमत नजिकको जित हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको छ। पार्टीभित्रको तीव्र आन्तरिक छलफलपछि वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष मतपरिणाम बुझाएलगत्तै रास्वपाका शीर्ष नेताहरू सक्रिय रूपमा सरकार...

चैत १२ मा सांसद शपथ, १३ मा प्रधानमन्त्री: सरकार गठनको काउन्टडाउन सुरु
ECONOMY& POLITICS

चैत १२ मा सांसद शपथ, १३ मा प्रधानमन्त्री: सरकार गठनको काउन्टडाउन सुरु

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनाएको छ । बहुमतसहित सशक्त रूपमा उदाएको रास्वपाले चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ गराउनेगरी तयारी अघि बढाएको हो ।

सरकार गठनको नयाँ टाइमलाइन: चैत-१२ मा संसद, १५ गते आसपास बालेन प्रधानमन्त्री भइसक्ने
ECONOMY& POLITICS

सरकार गठनको नयाँ टाइमलाइन: चैत-१२ मा संसद, १५ गते आसपास बालेन प्रधानमन्त्री भइसक्ने

काठमाण्डौ । प्रशस्तै आन्तरिक तयारीहरु भए पनि समय अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह-बालेन)को नेतृत्वमा सरकार गठन यसअघि चर्चा गरिएभन्दा केही ढिलो हुने देखिएको छ ।  निर्वाचन आयोगको चुनावी प्रतिवेदन तयारी, नयाँ सांसदहरुको सपथ ग्रहण कार्यक्रम र त्यसपछि सुरु हुने सरकार गठनको प्रक्रिया यसअघि चैत १० गतेभित्र भइसक्ने रास्वपाकै नेताहरुले दाबी...

चैत १० भित्र बालेन नेतृत्वको सरकारः गृहमा अर्याल र अर्थमा वाग्ले, बाँकी नाम फाइनल हुन बाँकी
ECONOMY& POLITICS

चैत १० भित्र बालेन नेतृत्वको सरकारः गृहमा अर्याल र अर्थमा वाग्ले, बाँकी नाम फाइनल हुन बाँकी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले छिटोमा चैत १० गतेभित्र नयाँ सरकार गठन गर्ने गरी आवश्यक पूर्व तयारी र छलफलहरुलाई तीव्र बनाएको छ ।  रास्वपाका सभापति रवि लामिछानेलाई भाइरल ज्वरो केही कम भएपछि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाहसँग बाक्लै छलफल गरिरहेका छन् । ती छलफलहरु आगामी सरकार गठनमा केन्द्रीत रहेका छन् ।

स्वर्णिमलाई रोकेर अर्थमन्त्रीमा दोहोरिन खनालले सुशीला कार्की गुहारे, बालेन सचिवालय भन्छ-'यो त सम्भव नै छैन'
ECONOMY& POLITICS

स्वर्णिमलाई रोकेर अर्थमन्त्रीमा दोहोरिन खनालले सुशीला कार्की गुहारे, बालेन सचिवालय भन्छ-'यो त सम्भव नै छैन'

काठमाण्डौ । डोल्मा इम्प्याक्ट फण्डलाई गैरकानूनी कर छुट, केही व्यापारिक घरानालाई मनलागी अरबौंको कर छुट, यूरो ६ मापदण्ड लागू भइसकेको अवस्थामा निश्चित घरानाको फाइदाका लागि थोत्रा गाडी आयातमा गरेको चलखेल, आफू अन्तर्गतका निकायमा चलेको खुलेआम भ्रष्टाचार नियन्त्रणमा असफलता लगायत थुप्रै विषयको विवादमा फसेका अर्थमन्त्री डा. रामेश्वर खनालले अब बन्ने सरकारमा समेत दोहोरिने खेल...

ब्रोकरहरुको आन्तरिक विश्लेषण: नेप्से चाँडै ३००० माथि, सरकार गठनपछि नयाँ रेकर्ड !
Capital Market

ब्रोकरहरुको आन्तरिक विश्लेषण: नेप्से चाँडै ३००० माथि, सरकार गठनपछि नयाँ रेकर्ड !

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व सफलता हाल लागेको छ । जनताले रास्वपालाई दुईतिहाई बहुमत नजिकको मत दिएका छन् । योसँगै अब ५ वर्षसम्म(पूरा कार्यकाल) रास्वपाले सरकार चलाउनेछ । स्थिर सरकार र उसले बनाउने नीति समेत स्थिर हुने निश्चित भएपछि सेयर बजारले प्रतिक्रिया स्वरुप राजनीतिक परिणाम र नयाँ कोर्स करेक्सनलाई भव्य...

बालेन शाहले काठमाण्डौबाट हाले मत
ECONOMY& POLITICS

बालेन शाहले काठमाण्डौबाट हाले मत

काठमाण्डौ। बालेन्द्र शाह(बालेन)ले काठमाण्डौ महानगरपालिका–सिनामंगलस्थित अन्नपूर्ण विनायक स्कूल मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।काठमाण्डौ महानगरका पूर्व प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले...

भावी प्रधानमन्त्रीको खोजी: काठमाण्डौ उपत्यकामा बालेन पहिलो रोजाइ, गगन र कुलमान बराबरीमा, ओली र हर्क पछाडि
ECONOMY& POLITICS

भावी प्रधानमन्त्रीको खोजी: काठमाण्डौ उपत्यकामा बालेन पहिलो रोजाइ, गगन र कुलमान बराबरीमा, ओली र हर्क पछाडि

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका मतदाताले भावी प्रधानमन्त्रीका रूपमा नयाँ अनुहारलाई प्राथमिकता दिएको संकेत देखिएको छ। बिजशालाले काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरूमा गरेको स्थलगत जनमत सर्वेक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सर्वाधिक लोकप्रिय प्रधानमन्त्रीको विकल्पका रूपमा अगाडि देखिएका छन्।पछिल्ला केही दिनयता बिजशालाका...

बालेन साहको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति, आत्मालोचना गर्न माग
NEWS

बालेन साहको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति, आत्मालोचना गर्न माग

काठमाण्डौ । भौतिक पूर्वाधारको क्षेत्रमा क्रियाशीलहरूको मानमर्दन हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबाट सार्वजनिक अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । सोमवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सस्तो लोकप्रियताका लागि शाहबाट व्यक्त धारणा निर्वाचन आचार संहिता विपरित असभ्य...

बालेन शाह र हर्क साम्पाङसहित ५ जना उम्मेदवारसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
ECONOMY& POLITICS

बालेन शाह र हर्क साम्पाङसहित ५ जना उम्मेदवारसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका विभिन्न आरोपमा विभिन्न दलका पाँच जना उम्मेदवारसँग सात विषयमा स्पष्टीकरण मागेको छ ।  आयोगले निर्वाचन प्रक्रियालाई मर्यादित, निष्पक्ष र सभ्य बनाउन आचारसंहिताको कडाइपूर्वक पालना गराउने उद्देश्य स्वरुप स्पष्टीकरण मागेको जनाएको छ ।आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार बालेन शाह, श्रम संस्कृति...

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
NEWS

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । निर्वाचन आचारसंहिता र राजनीतिक अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे बहस चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। धर्मराज तिमिल्सिनाले दिएको उजुरीमा शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत रहेको आरोप लगाइएको छ।उजुरीमा एमाले अध्यक्ष...

७५,००० हाराहारी मत ल्याएर जित्ने रिपोर्टपछि बालेन ढुक्क भएर झापा ५ पुगेको रहस्योद्घाटन !
ECONOMY& POLITICS

७५,००० हाराहारी मत ल्याएर जित्ने रिपोर्टपछि बालेन ढुक्क भएर झापा ५ पुगेको रहस्योद्घाटन !

काठमाण्डौ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी ध्यान तानेको संसदीय निर्वाचन क्षेत्र झापा ५ मा रास्वपाका वरिष्ठ नेता तथा काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर बालेन(बालेन्द्र) साहले उम्मेद्वारी दिनका लागि आँट गर्नुको रहस्यहरु खुल्दै गएका छन् ।  बिजशालाले उच्च स्रोतहरुसँगको विभिन्न चरणमा गरेको छलफल र कुराकानीअनुसार बालेन्द्र साहले झापा ५ मा...

देशलाई दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यकः बालेन्द्र शाह
ECONOMY& POLITICS

देशलाई दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यकः बालेन्द्र शाह

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देशलाई अब अल्पकालीन निर्णय र लोकप्रिय नाराभन्दा माथि उठेर दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन्।भूकम्प सुरक्षा दिवसको अवसरमा फेसबुकमार्फत दिएको सन्देशमा उनले सुरक्षित, दिगो र व्यवस्थित नेपाल निर्माण नै राजनीतिमा आउनुको मूल...

मेयर बालेन शाहद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश
ECONOMY& POLITICS

मेयर बालेन शाहद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगमा आफ्नो लिखित जवाफ पेश गरेका छन्। गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका विषयमा जानकारी लिन आयोगले मेयर शाहलाई लिखित रूपमा प्रश्नावली पठाएको थियो।

रास्वपा र उज्यालो नेपाल पार्टी सहमतिनजिक, सुदनले होटलबाटै तानेर लगेका थिए कुलमानलाई
ECONOMY& POLITICS

रास्वपा र उज्यालो नेपाल पार्टी सहमतिनजिक, सुदनले होटलबाटै तानेर लगेका थिए कुलमानलाई

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरणका लागि वार्ता पुनः तीव्र बनेको छ । स्रोतका अनुसार दुवै पक्ष सहमति नजिक पुगेका छन् र एकताको ड्राफ्ट तयार भइरहेको छ ।

रास्वपा र बालेनबीच ७ बुँदे सहमति:रास्वपाको नेतृत्व रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन
ECONOMY& POLITICS

रास्वपा र बालेनबीच ७ बुँदे सहमति:रास्वपाको नेतृत्व रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच साझा राजनीतिक सहकार्यको औपचारिक समझदारी बनेको छ। एउटै दलको प्लेटफर्ममार्फत आगामी निर्वाचनमा जाने विषयमा उनीहरूबीच सात बुँदे सहमति भएको हो।

बालेन-कुलमान एकतामा करिब सहमति, रास्वपासँग सांगठनिक मोडालिटीमै अड्चन
ECONOMY& POLITICS

बालेन-कुलमान एकतामा करिब सहमति, रास्वपासँग सांगठनिक मोडालिटीमै अड्चन

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता वा सहकार्यको प्रयास तीव्र बनेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच निरन्तर छलफल भइरहेको छ। तर, रास्वपासँगको सहमति प्राविधिक र सांगठनिक विषयमा अड्किएको छ भने बालेन र...

रवि, बालेन र कुलमान एउटै पार्टी बनाउने सहमतिमा, औपचारिक घोषणा शनिबार
ECONOMY& POLITICS

रवि, बालेन र कुलमान एउटै पार्टी बनाउने सहमतिमा, औपचारिक घोषणा शनिबार

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ नयाँ राजनीतिक शक्ति निर्माणका लागि एउटै पार्टी गठन गर्ने सहमतिमा पुगेका छन्। पुराना राजनीतिक दलहरूलाई वैकल्पिक शक्ति दिने उद्देश्यसहित भइरहेको छलफल अन्तिम चरणमा पुगेको जनाइएको छ।

नेताहरुलाई बालेनको प्रश्न: 'चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?'
NEWS

नेताहरुलाई बालेनको प्रश्न: 'चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?'

काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले शीर्ष राजनीतिक दलका नेताहरूप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै उनले जेनजी आन्दोलनमा आफूमाथि लागेका विभिन्न आरोपहरूको कडा जवाफ दिएका छन्। यो घटना भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग जोडिएको छ, जसमा आगजनी र तोडफोडका घटनाहरू भएका थिए।

सिंहदरबार जलेको दिन महानगर ‘फिल्डमै’ खटिएको दाबी, बालेन शाहले प्रस्तुत गरे समयरेखा र तथ्यांक
NEWS

सिंहदरबार जलेको दिन महानगर ‘फिल्डमै’ खटिएको दाबी, बालेन शाहले प्रस्तुत गरे समयरेखा र तथ्यांक

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर तथा जेनजी पुस्तामा चर्चित नेता बालेन शाहले सिंहदरबारमा लागेको आगलागीको घटनामा आफू र आफ्नो टोलीमाथि लागेको आरोपको कडा खण्डन गर्दै विस्तृत स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “हामी आरोपबाट होइन, जिम्मेवारीबाट पनि भाग्दैनौं” भन्दै अफवाह फैलाउनेहरूलाई सावधान रहन आग्रह गरेका छन्।पछिल्ला दिनहरूमा सामाजिक...

बालेन र सुधनविरूद्ध जाहेरी दिन प्रहरी परिसरमा अनेरास्ववियुको टोली
NEWS

बालेन र सुधनविरूद्ध जाहेरी दिन प्रहरी परिसरमा अनेरास्ववियुको टोली

काठमाण्डौ । अनेरास्ववियुले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तोडफोड, आगजनी र प्रहरी हत्याको विषयमा दुईजना विरुद्ध उजुरी दिन लागेको हो ।  उजुरी दिन अनेरास्ववियुका नेताहरूको टोली काठमाण्डौ प्रहरी परिसर पुगेका छन् ।  

डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन :बालेन
ECONOMY& POLITICS

डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन :बालेन

काठमाण्डौ । काठमाण्डौ महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै विभिन्न टिकाटिप्पणी गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति बोलन शाहले पनि प्रतिक्रिया जनाएका छन् । बालेन शाहले साम्पाङलाई सम्बोधन गर्दै फेसबुकमा एउटा  पोष्ट गरेका छन् ।  जसमा बालेनले हर्कलाई साँचो माया गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म...

जेन-जीका दुई आदर्श पात्रबीच तिक्तता, हर्कले बालेनलाई 'डरपोक'को संज्ञा दिए
NEWS

जेन-जीका दुई आदर्श पात्रबीच तिक्तता, हर्कले बालेनलाई 'डरपोक'को संज्ञा दिए

काठमाण्डौ । जेनजी पुस्ताबीच आदर्शका पात्र बनेका दुई लोकप्रिय व्यक्तिबीच तिक्तता बढेको देखिएको छ ।  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह९बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच तिक्तता सुरु भएको हो । 

सुशीला कार्कीलाई बालेन शाहको समर्थन, भोलिसम्म नाम टुङ्गो लाग्ने
NEWS

सुशीला कार्कीलाई बालेन शाहको समर्थन, भोलिसम्म नाम टुङ्गो लाग्ने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेका छन् ।बालेनको सचिवालयका एक सदस्यले बिजशालासँग कुरा गर्दै जेन जीहरुबाट बालेनले अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने माग आए पनि बालेनले भने सुशीला कार्कीलाई समर्थन गरेका हुन् । 

मेयरबाट राजीनामा दिएर बालेन आन्दोलनको नेतृत्वमा उत्रिन तयार भएका हुन् ?
ECONOMY& POLITICS

मेयरबाट राजीनामा दिएर बालेन आन्दोलनको नेतृत्वमा उत्रिन तयार भएका हुन् ?

काठमाण्डौ । जेन जी पुस्ताको आज(सेप्टेम्बर ८)मा घोषित भ्रष्टाचारविरुद्धको आन्दोलनलाई समर्थन जनाएका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले १९ जना प्रदर्शनकारीको सरकारको गोलीबाट मृत्यु भई सयौं घाइते भएको घटनामा अहिलेसम्म किन नबोलेका होलान् ? यस्ता ठूला घटनाक्रममा निकै छिटो प्रतिक्रिया जनाउने बालेन के कारणले मौन बसिरहेका छन् ?  बालेनको प्रतिक्रिया नआउँदा उनका...

मेयर बालेन शाहविरुद्ध युवराज सफलले हाले अख्तियारमा उजुरी
ECONOMY& POLITICS

मेयर बालेन शाहविरुद्ध युवराज सफलले हाले अख्तियारमा उजुरी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी परेको छ । मेयर शाहविरुद्ध कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित युवराज पौडेल ‘सफल’ले अख्तियारमा आज उजुरी दिएका हुन् ।  

बालेनले गरीखान नदिएको भन्दै संघिय मामिलामन्त्रीलाई कवाड व्यवसायीको ज्ञापनपत्र, ज्यानको सुरक्षा गरिदिन माग
ECONOMY& POLITICS

बालेनले गरीखान नदिएको भन्दै संघिय मामिलामन्त्रीलाई कवाड व्यवसायीको ज्ञापनपत्र, ज्यानको सुरक्षा गरिदिन माग

काठमाण्डौ। कवाड व्यवसायी समाज नेपालले संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरेर गरीखान नदिएको भन्दै समाजले आज सोमबार मन्त्री गुप्तासमक्ष ज्ञापनपत्र बुझाएको हो ।काठमाण्डौ महानगरपालिकाले विगत १८ महिनादेखि गुण्डागर्दी शैलीमा कवाड व्यवसायीहरूमाथि...

मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता
ECONOMY& POLITICS

मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र नेपालका लागि जापानका राजदूत मायदा टोरुबीच भेटवार्ता भएको छ । भेटबारे काठमाण्डौस्थित जापानको दूतावासले जानकारी दिएको हो ।  

जागरणसभामा एमाले कार्यकर्ताले फोहोर गरे, बालेनले गराए १ लाख जरीवाना
NEWS

जागरणसभामा एमाले कार्यकर्ताले फोहोर गरे, बालेनले गराए १ लाख जरीवाना

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका कार्यकर्ताले शहर फोहोर गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले १ लाख जरीवाना गराएको छ ।  एमालेले दरबारमार्गमा शुक्रबार शक्ति प्रदर्शनका लागि आमसभा गरेको थियो । जागरण सभाको नाम दिइएको कार्यक्रमका क्रममा सडक, सडकपेटी र आसपास जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा महानगरले १...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.