मंगलवार, असार १६,२०८३ 02:00:15
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:00:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालेन शाह अलग ही लेबलका बंदा है: सीके राउत

Laxmi Sunrise Bank Limited
बालेन शाह अलग ही लेबलका बंदा है: सीके राउत

काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष सीके राउतले बालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राउतले बालेनलाई परम्परागत राजनीतिक सोचभन्दा फरक ढंगले काम गर्ने नेतृत्वका रूपमा चित्रित गरे।

उनले बालेन शाहलाई ‘अलग ही लेबलका बंदा है’ भन्दै प्रशंसा गरे ।

New Office
CG Motors
Garima Development Bank

सम्बोधनका क्रममा उनले बालेन समस्याको जड पहिचान गरी व्यावहारिक समाधान खोज्न केन्द्रित रहने व्यक्ति भएको बताए। ‘उहाँ समस्या होइन, समाधानतर्फ सोच्नुहुन्छ,’ भन्दै राउतले बालेनप्रति आफ्नो सम्मान व्यक्त गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राउतले बालेनले हिमाल, पहाड र तराईका जनताबीच समान रूपमा लोकप्रियता हासिल गरेको उल्लेख गर्दै उनको नेतृत्वप्रति विभिन्न समुदायको विश्वास रहेको धारणा व्यक्त गरे। साथै, उनले मधेशी समुदायका युवाले राष्ट्रिय नेतृत्वको तहमा पुगेको भन्दै त्यसलाई सकारात्मक राजनीतिक सन्देशका रूपमा व्याख्या गरे।

‘यो महाधिवेशन मात्र नभएर क्रान्तिको महोत्सव हो’, उनले भने, ‘मधेसीको छोरालाई प्रधानमन्त्री बनाएको कारण पनि म यहाँ उपस्थित भएको छु ।’

यस्तै उनले प्रधानमन्त्री बालेन शाहप्रति नेपाली जनताको विश्वास रहेको भन्दै जनतालाई हृदयमा राखेर काम गर्न सुझाव दिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.