बिहीबार, चैत्र २६,२०८२ 07:55:08
Bizshala
  • बिहीबार, चैत्र २६,२०८२ 07:55:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारको एक्सन: श्रममन्त्री बर्खास्त, स्वास्थ्यमन्त्रीलाई सुध्रिन चेतावनी

Bizshala
सरकारको एक्सन: श्रममन्त्री बर्खास्त, स्वास्थ्यमन्त्रीलाई सुध्रिन चेतावनी
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई चेतावनी दिएका छन्।  

राष्टिय स्वतन्त्र पार्टी-रास्वपा)को सिफारिसका आधारमा बिहीबार उक्त निर्णय गरिएको हो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

श्रममन्त्री साहमाथि पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्यका रूपमा सक्रिय गराएको आरोप लागेको थियो। यस विषयमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी कारबाही आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन पेश गरेको थियो।

सोही प्रतिवेदनका आधारमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष साहलाई पदमुक्त गर्न सिफारिस गरेका थिए। सिफारिसअनुसार प्रधानमन्त्रीले उनलाई मन्त्री पदबाट हटाएका हुन्।

उता, उक्त प्रक्रियामा विभागीय जिम्मेवारीअनुसार अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य मन्त्री निशा मेहतालाई पनि सचेत गराइएको छ। रास्वपाले यस सम्बन्धमा प्रधानमन्त्रीलाई औपचारिक सिफारिस गरेपछि प्रधानमन्त्रीले मेहतालाई चेतावनी दिएका हुन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

दीपककुमार साह करिब १४ दिन मात्रै मन्त्री पदमा रहे। छोटो अवधिमै पदच्युत हुनु सरकारभित्र अनुशासन र उत्तरदायित्वप्रति कडाइ अपनाइएको संकेतका रूपमा हेरिएको छ।

रास्वपाले आफ्नो पार्टी विधानअनुसार पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै उक्त कदम चालिएको जनाएको छ।

स्वास्थ्यमन्त्री निशा मेहेता
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.