शुक्रबार, असार १९,२०८३ 10:16:13
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 10:16:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अत्यधिक गर्मीले विश्वकपमा चुनौती, खेलाडी र दर्शकको स्वास्थ्यप्रति बढ्यो चिन्ता

Laxmi Sunrise Bank Limited
अत्यधिक गर्मीले विश्वकपमा चुनौती, खेलाडी र दर्शकको स्वास्थ्यप्रति बढ्यो चिन्ता

काठमाण्डौ । अमेरिका र क्यानडाका विभिन्न क्षेत्रमा फैलिएको शक्तिशाली ‘हीट डोम’ का कारण सन् २०२६ को फिफा विश्वकपको नकआउट चरण अत्यधिक गर्मीको चपेटामा परेको छ। केही आयोजक सहरमा तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएकाले खेलाडी, समर्थक र आयोजक सबैका लागि स्वास्थ्य सुरक्षा प्रमुख चुनौती बनेको छ।

यस साता हुने पोर्चुगल–क्रोएसिया (टोरन्टो), कोलम्बिया–घाना (कान्सास सिटी), अर्जेन्टिना–केप भर्डे (मियामी) तथा पाराग्वे–फ्रान्स (फिलाडेल्फिया) बीचका खेलहरू अत्यधिक गर्मीको जोखिममा रहने मौसमविद्हरूले बताएका छन्। टोरन्टोका स्वास्थ्य अधिकारीहरूले समर्थकलाई प्रशस्त पानी पिउन, मदिरा सेवन कम गर्न तथा लामो समय घाममा नबस्न आग्रह गरेका छन्।

सबै रंगशालामा समान सुविधा नभएकाले जोखिम पनि फरक–फरक देखिएको छ। एटलान्टा, डलास र ह्युस्टनका रंगशालामा चलायमान छाना र वातानुकूलित सुविधा रहे पनि टोरन्टो, फिलाडेल्फिया र कान्सास सिटीका खुला रंगशालामा हजारौं दर्शक प्रत्यक्ष घामको सामना गर्नुपर्ने अवस्था रहेको छ।

New Office
CG Motors
Garima Development Bank

शुक्रबार कन्सास सिटीमा हुने कोलम्बिया र घानाबीचको खेल अत्यधिक गर्मी चेतावनी अन्तर्गत खेलिनेछ, जहाँ तापक्रम ४३ डिग्री सेल्सियससम्म पुग्न सक्ने जनाइएको छ। मियामीमा शुक्रबार अर्जेन्टिना र केप भर्डेबीच हुने खेलमा पनि मध्यमदेखि उच्च गर्मी जोखिम रहने अनुमान छ।

शनिबार फिलाडेल्फियामा पाराग्वे र फ्रान्सबीच हुने खेलमा पनि यस्तै अवस्था हुन सक्छ, जहाँ तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्ने र हिट इन्डेक्स ४३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ। गर्मीका कारण फिफाले फिलाडेल्फियाको फ्यान फेस्टिबलको सञ्चालन समय समेत घटाइसकेको छ।

विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले खेलाडीमा निर्जलीकरण, मांसपेशी बाउँडिने, चक्कर लाग्ने, अत्यधिक थकान तथा ‘हीट स्ट्रोक’ जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यसले खेलको गति, खेलाडीको दौडने क्षमता र समग्र प्रदर्शनमा समेत असर पार्ने बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बढ्दो गर्मीलाई मध्यनजर गर्दै फिफाले प्रत्येक खेलमा दुई पटक अनिवार्य तीन मिनेटको ‘हाइड्रेसन ब्रेक’ लागू गरेको छ। साथै, पाँच खेलाडी परिवर्तनको व्यवस्था, खेलहरूबीच पर्याप्त विश्राम, र बाहिरी रंगशालामा बेन्चमा रहेका खेलाडी तथा प्राविधिक टोलीका लागि शीतल सुविधा उपलब्ध गराइएको फिफाले जनाएको छ।

स्वास्थ्य विज्ञहरूले समर्थकलाई तिर्खा लाग्नुअघि नै पानी पिउने, सकेसम्म छायाँ वा वातानुकूलित स्थानमा बस्ने, मदिराको सेवन सीमित गर्ने तथा चक्कर लाग्ने, अत्यधिक थकान वा अन्य असामान्य लक्षण देखिए तत्काल चिकित्सकीय सहायता लिन सुझाव दिएका छन्। विभिन्न आयोजक सहरमा प्राथमिक उपचार टोली, शीतल क्षेत्र र निःशुल्क खानेपानीको व्यवस्था समेत गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.