शुक्रबार, असार १९,२०८३ 11:17:57
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:17:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बर्ड फ्लु प्रभावित किसानलाई ५० करोड रुपैयाँ क्षतिपूर्ति निकासा

Laxmi Sunrise Bank Limited
बर्ड फ्लु प्रभावित किसानलाई ५० करोड रुपैयाँ क्षतिपूर्ति निकासा

काठमाण्डौ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पशुसेवा विभागमार्फत रु ५० करोड रकम निकासा गरेको छ।

मन्त्रालयका अनुसार बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम उपलब्ध गराइएको हो। आर्थिक क्षति भोगेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले आवश्यक बजेट माग गरेपछि रकम निकासा गरिएको जनाइएको छ।

प्रभावित किसानलाई प्रमाणित क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ ।

New Office
CG Motors
Garima Development Bank

विभागका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब रु ७० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।

बर्ड फ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा मूल्याङ्कन गरी पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको क्षतिपूर्ति सम्बन्धित धनीलाई उपलब्ध गराउने व्यवस्था रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत चैतदेखि पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्ड फ्लु हाल ११ जिल्लामा देखिएको छ। भाइरसको स्वरूप परिवर्तन हुने जोखिमलाई ध्यानमा राख्दै रोग नियन्त्रण तथा रोकथामका लागि पन्छी, अण्डा र दाना नष्ट गरिएको विभागले जनाएको छ।

रोग नियन्त्रणका लागि विभागअन्तर्गत उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। संघ, प्रदेश र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा नियन्त्रण तथा रोकथामका प्रयास जारी रहेको विभागले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.