शुक्रबार, असार १९,२०८३ 11:32:24
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:32:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा अन्त्य हुँदै पासवर्ड र ओटिपीको युग, अनलाइन ठगीमा कमी आउने अपेक्षा

Laxmi Sunrise Bank Limited
भारतमा अन्त्य हुँदै पासवर्ड र ओटिपीको युग, अनलाइन ठगीमा कमी आउने अपेक्षा

काठमाण्डौ । भारतमा अनलाइन भुक्तानीमा देखिने ओटीपी (वन टाइम पासवर्ड) आधारित ठगी र साइबर अपराध घटाउने उद्देश्यले डिजिटल भुक्तानी कम्पनी भिसाले नयाँ ‘भिसा पेमेन्ट पासकी’ प्रणाली सुरु गरेको छ।

यो नयाँ प्रणालीमार्फत अब कार्डबाट हुने अनलाइन भुक्तानीमा ओटीपी वा पासवर्डको सट्टा प्रयोगकर्ताले आफ्नो मोबाइलको बायोमेट्रिक सुरक्षा—जस्तै फिंगरप्रिन्ट वा फेस रेकग्निसन—प्रयोग गरेर भुक्तानी अनुमोदन गर्न सक्नेछन्।

New Office
CG Motors
Garima Development Bank

भिसाको यो प्रणालीले अनलाइन भुक्तानीलाई अझ सुरक्षित र छिटो बनाउने लक्ष्य राखेको छ। नयाँ प्रविधिले प्रयोगकर्ताको डिभाइसमा रहेका सुरक्षा विधिहरू (फेस, फिंगरप्रिन्ट, पीन वा पासवर्ड) प्रयोग गरेर प्रमाणीकरण गर्नेछ, जसले ओटीपी चोरी हुने जोखिमलाई कम गर्ने अपेक्षा गरिएको छ।

यो प्रणाली फास्ट आइडेन्टीटी अनलाइन(फिडो)मापदण्डमा आधारित छ, जुन पासवर्ड–रहित र सुरक्षित डिजिटल प्रमाणीकरणका लागि प्रयोग गरिन्छ। यो कार्ड आधारित अनलाइन भुक्तानीका लागि एक वैकल्पिक प्रमाणीकरण विधि हो, जसले ओटीपीमा निर्भरता घटाउँछ ।

भारतमा यो सेवा हाल प्रारम्भिक चरणमा छ र सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ। यसका लागि भिसाले पहिलो बैंक साझेदारको रूपमा आईडीएफसी बैंकसँग सहकार्य गरेको छ।

साथै, यो प्रणाली विभिन्न ई–कमर्स तथा डिजिटल प्लेटफर्मसँग पनि जोडिएको छ, जसमा मिन्त्रा पेटीएम र मेक माई ट्रिप रिलायन्स डिजिटल, टाटा स्टारबक्स लगायतका मर्चेन्टहरू समावेश छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भिसाले यो प्रविधिलाई विभिन्न भुक्तानी तथा फिनटेक कम्पनीहरूसँग पनि एकीकृत गरेको छ, जसमा जुसपे, रेजरपे, पाइन ल्याब्स, बिलडेस्क र अन्य प्रमुख भुक्तानी सेवा प्रदायकहरू रहेका छन्।

यस एकीकरणले अनलाइन कारोबार पूरा गर्न आवश्यक चरणहरू घटाउने र भुक्तानी सफल हुने दर बढाउने कम्पनीको दाबी छ। भिसाका भारत तथा दक्षिण एसिया प्रमुख सुरेश सेठीका अनुसार कम्पनीले भारतमा ‘पेमेन्ट पास की’ समाधान सुरु गरेको हो। अब प्रयोगकर्ताहरूले मोबाइल फोनको फिङ्गरप्रिन्ट वा फेस रिकग्निसन प्रयोग गरेर भुक्तानी प्रमाणीकरण गर्न सक्नेछन्। यसले ओटीपी चोरीका कारण हुने ठगीबाट सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो प्रणाली भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंक (आरबीआई)द्वारा डिजिटल भुक्तानीका लागि हालै जारी गरिएको वैकल्पिक प्रमाणीकरण फ्रेमवर्कसँग अनुरूप रहेको बताइएको छ।

नेपालमा पनि अनलाइन ठगीको घटनाहरु चुनौतीको रुपमा देखा परिरहेको अवस्थामा यो फिचर निकट भविष्यमा नेपालमा पनि आएमा यसले यहाँपनि ओटिपीको युग अन्त्य गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.