काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डौ उपत्यकामा हुँदै आएको पानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ। काठमलाण्डौ उपत्यका खानेपानी लिमिटेडका अनुसार हाल मेलम्चीको मुहान क्षेत्रमा परेको अविरल वर्षाका कारण बाढी आउँदा पानी अत्यधिक धमिलो भएको छ। सोही कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रशोधन प्रक्रिया जटिल बनेपछि आपूर्ति रोक्नुपरेको हो।
मुहान क्षेत्रमा पानी अत्यधिक धमिलो भएकाले प्रशोधन प्रक्रिया प्रभावित भएकाले पानीको गुणस्तरमा सुधार आएपछि पूर्वनिर्धारित तालिकाअनुसार आपूर्ति पुनः सुरु गरिने जनाइएको छ ।
लगातार वर्षा जारी रहेमा पानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने समेत जनाइएको छ।

