काठमाण्डौमा मेलम्चीको पानी आपूर्ति बन्द
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डौ उपत्यकामा हुँदै आएको पानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ। काठमलाण्डौ उपत्यका खानेपानी लिमिटेडका अनुसार हाल मेलम्चीको मुहान क्षेत्रमा परेको अविरल वर्षाका कारण बाढी आउँदा पानी अत्यधिक धमिलो भएको छ। सोही कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रशोधन प्रक्रिया जटिल बनेपछि आपूर्ति रोक्नुपरेको हो।

