मंगलवार, जेष्ठ ५,२०८३ 11:14:32
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:14:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद

Laxmi Sunrise Bank Limited
मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद
Shivam Cement

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएकालाई विशेष अदालतले सजाय ताकेको छ । अदालतले ३ कम्पनी र ४ व्यक्तिलाई सजाय निर्धारण गरेको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ ।

Bizshala
New Office
CG Motors

अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित ४ जनालाई दोषी ठहर गरेको थियो । दोषी ठहर भएको पूर्वसचिव ठाकुरसहित ४ जनालाई जनही ८ वर्ष कैद सजाय तोकिएको छ । ठाकुर मेलम्ची खानपानी समितिका तत्कालीन् अध्यक्ष समेत हुन् ।  

अदालतले उनी र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही ८ वर्ष एक महिना कैद र १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँबराबरको जरिवाना निर्धारण गरेको छ ।

यस्तै अदालतले तत्कालीन् खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई ८ वर्ष एक महिना कैद र २ करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई ८ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद छुट र २ करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना तोकेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै ईपिआईआईएसए कम्पनीलाई ६ करोड २१ लाख ९३ हजार ५९६, बिईटिएसलाई २ करोड ९५ लाख ६५ हजार ६०३ र सिएमसी डी राभेनालाई २६ करोड ११ लाख ६ हजार ९९१ जरिवाना गरिएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.