श्रमिक स्वास्थ्य परीक्षणमा सरकारको ठूलो निर्णय, सिन्डिकेट हट्यो
काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिँदै आएको ‘सिन्डिकेट’ प्रणाली अन्त्य गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ। अबदेखि श्रमिकहरूले सरकारी स्वामित्वका वा नेपाल सरकारबाट स्वीकृति प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन सक्ने व्यवस्था लागू हुने भएको छ।

