मंगलवार, माघ २०,२०८२ 07:42:01
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 07:42:01
Bizshala
Global IME Bank Limited
Bizshala

देशलाई दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यकः बालेन्द्र शाह

देशलाई दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यकः बालेन्द्र शाह
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देशलाई अब अल्पकालीन निर्णय र लोकप्रिय नाराभन्दा माथि उठेर दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन्।

भूकम्प सुरक्षा दिवसको अवसरमा फेसबुकमार्फत दिएको सन्देशमा उनले सुरक्षित, दिगो र व्यवस्थित नेपाल निर्माण नै राजनीतिमा आउनुको मूल उद्देश्य रहेको उल्लेख गरे। ‘नीति यस्तो हुनुपर्छ, जसले संकट आउनुअघि नै तयारी गरोस्, संरचना यस्तो बनोस्, जसले विपद् सहन सकोस्, र शासन प्रणाली यस्तो होस्, जसले जनताको विश्वास जितोस्,’ उनले लेखेका छन्।

शाहले यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको स्पष्ट पार्दै सबैको साथ, सहयोग र विश्वासका साथ राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बताए।

Bizshala
Garima Development Bank
New Office

२०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गरेको अनुभव स्मरण गर्दै उनले काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरिएको र त्यसपछि गोरखासहित देशका ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको जानकारी दिए। ‘आज भूकम्प सुरक्षा दिवसको अवसरमा त्यस्तो पीडादायी दिन फेरि नआओस् भन्ने कामना गर्दछु’ उनले भने।

उनले नेपालजस्तो भूकम्पीय जोखिम भएको देश केवल सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र सुरक्षित बन्न नसक्ने उल्लेख गर्दै भौगोलिक बनोटसँगै सामाजिक विविधतालाई समेत सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। राष्ट्र विकास भनेको भूगोल र जनताको समानान्तर विकास भएको बताउँदै त्यसलाई जोड्ने बलियो संरचनागत आधार आवश्यक रहेको उनको भनाइ थियो।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिकता र आधुनिक विकासबीचको सन्तुलन, जिम्मेवार नीति तथा इमानदार नेतृत्व अपरिहार्य रहेको उनले बताए। यही सोचका साथ स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनका लागि भारत गएको र अध्ययनपछि विदेशमै बसेर काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको शाहले उल्लेख गरे।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

काठमाण्डौ महानगरपालिकाको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा शब्दभन्दा कामलाई प्राथमिकता दिइएको बताउँदै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर आम जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने सेवा दिन सकिन्छ भन्ने कुरा महानगरले प्रमाणित गरेको दाबी गरे। पारदर्शी प्रणाली, संरचनागत सुधार र नागरिकले महसुस गर्न सक्ने सेवाको सुरुवात महानगरबाट भएको र अब ती सुधारलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले विकास भन्नु केवल सडक, भवन र ठूला संरचना मात्र नभई सुरक्षित संरचना, जनताको आशा र देशमै केही गर्न सकिन्छ भन्ने वातावरण निर्माण गर्नु भएको स्पष्ट गरे। संस्थागत विकास कागजमा सीमित नभई हरेक नागरिकले अनुभूत गर्न पाउने हुनुपर्नेमा जोड दिँदै उनले वर्तमान पुस्ताले भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने जिम्मेवारी बोकेको बताए।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.