बिहीबार, असार १८,२०८३ 06:10:14
Bizshala
  • बिहीबार, असार १८,२०८३ 06:10:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एन्फामा हस्तक्षेप नभएको सरकारको दाबी

Laxmi Sunrise Bank Limited
एन्फामा हस्तक्षेप नभएको सरकारको दाबी

 

काठमाण्डौ ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले  अखिल नेपाल फुटबल संघ (एन्फा) मा कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्। उनले एन्फाभित्र देखिएको भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरीका आधारमा मात्रै छानबिन अघि बढाइएको स्पष्ट पारे।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्रीले एन्फाको आन्तरिक गतिविधिमा सरकारको हस्तक्षेप नभएको, तर प्राप्त उजुरीमाथि कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको बताए।

New Office
CG Motors
Garima Development Bank

एन्फामाथि फिफाले गरेको निलम्बनबारे प्रतिक्रिया दिँदै उनले विगतदेखि नै एन्फामा सरकारी चासो रहने गरेको उल्लेख गर्दै अहिलेको सरकारलाई मात्र दोष दिन नमिल्ने बताए।

मन्त्री पोखरेलले  राष्ट्रिय खेलकुद परिषद् का उपाध्यक्षको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने जानकारी दिए। साथै, फिफा र एएफसी का पदाधिकारीलाई पनि वार्ताका लागि आमन्त्रण गरिएको बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री पोखरेलले  आगामी दिनमा एन्फामा राजनीतिक नियुक्तिको अभ्यास पूर्ण रूपमा अन्त्य गरिने र संस्थालाई भ्रष्टाचारमुक्त बनाइने सरकारको प्रतिबद्धता दोहोर्याए। उनका अनुसार भविष्यमा एन्फाको नेतृत्वमा नेपाली फुटबलमा योगदान दिएका पूर्वखेलाडी, फुटबल बुझेका विज्ञ र वास्तविक फुटबलकर्मीलाई प्राथमिकता दिइनेछ।

विदेश भ्रमणका विषयमा उठेको विवादबारे बोल्दै मन्त्रीले घरेलु फुटबलको विकासभन्दा विश्वकप हेर्न विदेश जानुलाई ठूलो उपलब्धि ठान्नु उचित नहुने टिप्पणी गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.