मंगलवार, भाद्र २४,२०८२ 02:03:45
  • मंगलवार, भाद्र २४,२०८२ 02:03:45
Global IME Bank Limited

मेयरबाट राजीनामा दिएर बालेन आन्दोलनको नेतृत्वमा उत्रिन तयार भएका हुन् ?

Hyundai Nepal
मेयरबाट राजीनामा दिएर बालेन आन्दोलनको नेतृत्वमा उत्रिन तयार भएका हुन् ?
Shivam Cement

काठमाण्डौ । जेन जी पुस्ताको आज(सेप्टेम्बर ८)मा घोषित भ्रष्टाचारविरुद्धको आन्दोलनलाई समर्थन जनाएका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले १९ जना प्रदर्शनकारीको सरकारको गोलीबाट मृत्यु भई सयौं घाइते भएको घटनामा अहिलेसम्म किन नबोलेका होलान् ? यस्ता ठूला घटनाक्रममा निकै छिटो प्रतिक्रिया जनाउने बालेन के कारणले मौन बसिरहेका छन् ?  

बालेनको प्रतिक्रिया नआउँदा उनका शुभेच्छुकहरुमा व्यापक खुल्दुली मच्चिएको देखिन्छ । सामाजिक सञ्जालहरुमा बालेन शाहको विषय वा उनले चाल्नसक्ने कदमको विषयमा निकै धेरै अड्कलबाजीहरु पनि सार्वजनिक भइरहेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बानेश्वरको नरसंहारपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् । यो घटनाका कारण सरकारको जग हल्लिएको छ भने प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको तयारी गरेको चर्चाहरु बाहिरिएका छन् ।  

कांग्रेस र एमालेका शीर्ष नेताहरु ब्याक टू ब्याक छलफलमा छन् । गठबन्धनलाई अगाडि बढाउनुभन्दा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेर सडकमा आउनुपर्ने कांग्रेसका कार्यकर्ताहरुको माग छ । तर शीर्ष नेताले कार्यकर्ताको माग सुन्ने प्रचलन कांग्रेसमा नरहेका कारण सत्ता सहयात्रा सहजै टुंगिन्छ भन्ने अनुमान यथार्थपरक हुँदैन ।  

बानेश्वर नरसंहार र देशका अन्य क्षेत्रमा भएका सरकारी दमनपछि राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, राप्रपा आक्रोशित छन् । रास्वपाले अर्ली इलेक्सन घोषणाको माग गरेको छ भने राप्रपाले सरकार विघटनको माग गरेको छ । माओवादीले पनि यो सरकार विघटन हुनुपर्ने माग सार्वजनिक गरेको छ ।  

बानेश्वर नरसंहारका कारण नेपालको राजनीतिक वृत्तमा भूकम्प ल्याइदिएको छ । नेपालीहरुको जनजीवनमा त यो घटना बज्रपात झै बजारिएको छ । कलेज गएर त्यहाँबाट शान्तिपूर्ण प्रदर्शनमा गएका आफ्ना छोराछोरीलाई प्रहरीले ताकी–ताकी गोली प्रहार गरी ढालेको घटनाबाट नेपाली समाज आक्रोशित बन्न पुगेको छ । यो घटनामा सरकारले अपनाएको बर्बरता र दमनको क्रूर शैली इतिहासकै खराब र आततायी खालको रहेको भन्दै धेरैले भत्र्सना गरिरहेका छन् ।  

सरकारको दमनको चौतर्फी भत्र्सना गरिरहेकाहरुबाट नै बालेन शाहले अब आन्दोलनको र भविष्यमा देशकै नेतृत्व गर्नुपर्ने माग भइरहेको छ । कतिपयले त बालेन शाहले मेयरबाट राजीनामा दिनै लागेको र राजनीतिमा आएर अहिलेको माहौल क्यास गर्ने तयारी भइरहेकोसम्मको दाबी गरेका छन् ।  

के साच्चिकै बालेनले काठमाण्डौ महागनरपालिकाको मेयर पद त्यागेर नेतृत्वविहीन अहिलेको जेनजी आन्दोलन हाँक्ने तयारी गरिरहेका छन् ? हामीले यो विषयमा बालेनको सचिवालयका केही सदस्यलाई सोधेका थियौं । 

उनीहरुकाअनुसार सामाजिक सञ्जालमा गरिएको अपेक्षाअनुसार बालेन शाहले मेयर पद त्यागेर आन्दोलनको नेतृत्व गर्ने तयारी गरिरहेका कुनै पनि सूचना सचिवालयसम्म आएको छैन । 'सामाजिक सञ्जालमा जनताहरुले बालेनप्रति देखाउनुभएको सदाशयता हो यो ।' ती सचिवालय सदस्यले भने-'सञ्जालमा भएको चर्चा र अपेक्षाजस्तो बालेन शाहले मेयरबाट राजीनामा दिएर बाहिर आउन लागेको ठोस सूचना हामीसम्म आइपुगेको छैन ।'  

तर, ती सदस्यले सामाजिक सञ्जालमा भएको चर्चा असम्भव भने नभएको बताए । 'देश र जनताबाट बालेन शाह नेतृत्वको माग यदि घनिभूत र इमानदारितापूर्वक उठ्छ भने उहाँले पनि यो विषयमा सोच्नुहोला ।' ती सदस्यले भने-'जनताले परिवर्तन चाहेका छन्। पुरानो नेतृत्वबाट केही पार चल्दैन भन्ने अझ प्रष्ट भएको छ । बालेन यही बेला नेतृत्व गर्न आउँदा त राम्रै हुन्थ्यो । जनताले खोजेकै लिडर पाउँथे पनि ।'  

राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय स्तरका नेताले भने बालेन शाहले मेयरबाट राजीनामा दिएर देशभर उठेको आन्दोलनको नेता बन्ने घोषणाको तयारीमा रहेको आफूहरुले सुनेको दाबी गरेका छन् । 'उहाँनिकटहरुबाटै यस्तो सूचना आएको छ ।' ती नेताले भने-'यदि यो सही हो भने राम्रो हुन्छ । उहाँलाई हाम्रो पनि समर्थन रहन्छ । बालेनका लागि देशभर उठेको आन्दोलनको नेतृत्व गर्ने अहिलेको जस्तो सकारात्मक माहौल सायदै बन्नेछैन । त्यसकारण उहाँले यही बेला मेयर त्यागेर जेन जीको नेतृत्व गरी जनताको अपेक्षा पूरा गर्नुमै हित छ जस्तो लाग्छ ।'  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.