शनिबार, श्रावण २,२०८३ 07:07:51
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 07:07:51
Bizshala
Global IME Bank Limited

बीवाईडीले लञ्च गर्यो ९ मिनेटमै चार्ज हुने नयाँ जेनेरेशनको अट्टो थ्री कार, दिन्छ ६३० किमीको दमदार रेञ्ज

बीवाईडीले लञ्च गर्यो ९ मिनेटमै चार्ज हुने नयाँ जेनेरेशनको अट्टो थ्री कार, दिन्छ ६३० किमीको दमदार रेञ्ज
New Office

काठमाण्डौ । विश्वमा सबैभन्दा धेरै इलेक्ट्रिक कार बिक्री गर्ने चिनियाँ कम्पनी बीवाईडीले चिनियाँ बजारमा आफ्नो नयाँ जेनेरेशनको ‘बीवाईडी अट्टो् थ्री इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जुन केवल एउटा कार मात्र नभई स्मार्ट ग्याजेट जस्तै मानिएको छ। पुरानो मोडलको तुलनामा निकै एडभान्स र शक्तिशाली बनाइएको यो नयाँ पुस्ताको मोडलले लामो दूरीसम्म चल्ने मात्र नभई यसमा लक्जरी फिचरहरू र उत्कृष्ट ड्राइभिङ अनुभवका लागि आधुनिक प्रविधिहरू पनि समावेश गरिएको छ।

यो नयाँ मोडल चिनियाँ बजारमा चार भेरियन्टमा उपलब्ध छ ।

लुक र डिजाइन

नयाँ अट्टो ३ आफ्नो पुरानो पुस्ताको मोडलभन्दा ठूलो र अझ बढी मस्कुलर देखिन्छ। यसको लम्बाइ ४ हजार ६६५ मिमी, चौडाइ १ हजार ८९५ मिमी र उचाइ १ हजार ६७५ मिमी रहेको छ।

साथै, यसमा २ हजार ७७० मिमीको ह्वीलबेस दिइएको छ। डिजाइनको कुरा गर्दा यसमा कम्पनीको ‘ड्रागन फेस’ डिजाइन ल्याङ्ग्वेज देखिन्छ, जसमा स्लिम हेडल्याम्प, फ्ल्याट फ्रन्ट नोज र पछाडिपट्टि जोडिएको एलईडी लाइट बार समावेश गरिएको छ। नयाँ अट्टो थ्रीमा १८० लिटरको फ्रंक र ७५० लिटरको रियर बुट स्पेस उपलब्ध छ।

इन्टेरियर र फिचरहरू

नयाँ अट्टो थ्रीको केबिन पूर्ण रूपमा अपडेट गरिएको छ। यसमा ठूलो फ्लोटिङ टचस्क्रिन (डीआई इन्टरफेससहित), दुई–स्पोक स्टेयरिङ ह्वील, १६ स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस चार्जिङ र प्यानोरामिक हेड–अप डिस्प्ले जस्ता फिचरहरू समावेश छन्। टप भेरियन्टमा लि डारमा आधारित डी पाइलट ३०० एडभान्स्ड ड्राइभिङ असिस्टेन्स सिस्टम पनि उपलब्ध छ, जसले सिटी नेभिगेसन र अटोमेटेड पार्किङ जस्ता सुविधा दिन्छ।

यस नयाँ पुस्ताको बीवाईडी एटो ३ मा रेफ्रिजेरेटेड स्टोरेज कम्पार्टमेन्ट, पछाडिको सिटमा दराज र छुट्टै टिस्यु होल्डर जस्ता विशेष सुविधाहरू पनि दिइएका छन्। यात्रुको आरामका लागि अगाडिको सिटमा लेग सपोर्टसहित रिल्याक्सेसन सीटको सुविधा समेत उपलब्ध छ।

सेकेण्ड जेनेरेशन ब्लेड ब्याट्री प्रविधि

नयाँ जेनेरेशनको अट्टो थ्री बीवाईडीको नयाँ ईण्प्लेटफर्ममा आधारित छ र यसमा सेकेण्ड जेनेरेशनको ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ।

यस इलेक्ट्रिक एसयूभीमा ५७.५ किलोवाट आवर र ६८.५ किलोवाट आवरका दुईवटा ब्याट्री प्याक विकल्प उपलब्ध छन्, जसले सिएलटीसी अनुसार क्रमशः ५४० किलोमिटर र ६३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

नयाँ बीवाईडी अट्टो थ्रीमा कम्पनीको नयाँ फ्ल्यास चार्जिङ प्रविधिको सपोर्ट पनि छ, जसको मद्दतले गाडीलाई १० प्रतिशतदेखि ९७ प्रतिशतसम्म केवल ९ मिनेटमै चार्ज गर्न सकिन्छ।

यो नयाँ बीवाईडी अट्टो थ्री रियरव्हील ड्राइभ लेआउटसहित आउँछ र यसको इलेक्ट्रिक मोटरले २६८ हर्सपावरदेखि ३२२ हर्सपावरसम्मको शक्ति उत्पादन गर्न सक्षम छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.