माइतीघरमा इजरायल रोजगारी पीडित युवाको प्रदर्शन, प्रक्रिया छिटो टुंग्याउन माग
काठमाण्डौं । इजरायलमा रोजगारीको पर्खाइमा रहेका नेपाली युवाहरूले वैदेशिक रोजगार प्रक्रियामा भएको ढिलाइ र अन्योलप्रति असन्तुष्टि जनाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विगत दुई वर्षदेखि रोजगारी खुल्ने प्रतीक्षामा रहेका उनीहरूले सरकारी निकायको ढिलासुस्ती र अस्पष्ट नीतिका कारण आफूहरू अन्यायमा परेको गुनासो गरेका हुन् ।

