जेनजी आन्दोलनको क्षतिले गण्डकी प्रदेशमा रु.१.१३ अर्ब दाबी, सबैभन्दा बढी हिमालयन एभरेष्टमा
काठमाण्डौ । भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनका कारण देशैभरी ठूलो क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा मात्रै एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार भदौ ३० गते सम्ममा प्राप्त जेनजी प्रदर्शनको क्रममा १२ निर्जीवन बीमा कम्पनीहरुमा १५९ वटा बीमाको दाबी परेको छ । बीमा दाबी संख्याको आधारमा सबैभन्दा बढी...