मंगलवार, जेष्ठ ५,२०८३ 03:23:53
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:23:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रसुवा बाढी : बीमकहरुमा पर्यो करिब २९ करोडको बीमा दाबी, सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा

Laxmi Sunrise Bank Limited
रसुवा बाढी : बीमकहरुमा पर्यो करिब २९ करोडको बीमा दाबी, सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा
Shivam Cement

काठमाण्डौ । गत असार २३ गते रसुवामा आएको बाढीको क्षतिबाट विभिन्न बीमा कम्पनीमा करिब २९ करोड रुपैयाँबराबरको बीमा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार उक्त बाढीले पुर्याएको क्षतिका लागि बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँबराबर प्रारम्भिक बीमा दाबी परेको छ ।  

यस क्रममा कुल ६० वटा दाबी परेको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । उक्त कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँबराबरका १० वटा दाबी परेका छन् ।  

Bizshala
New Office
CG Motors

यस्तै नेको इन्स्योरेन्समा ५ करोड १२ लाख रुपैयाँबराबरका ३ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार रुपैयाँबराबरका ७ वटा, नेपाल इन्स्योरेन्स कम्पनीमा १ करोड २८ लाख ५० हजार रुपैयाँबराबरका १२ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँबराबरका ६ वटा, आइजिआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँबराबरका ९ वटा बीमा दाबी परेको छ ।

यस्तै युनाइटेड अजोड इन्स्योरेन्समा ६८ लाख बराबरका ३ वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरका ६ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरका ७ वटा बीमा दाबी परेका छन् ।

बाढीले निजी तथा सार्वजनिक मोटरमा ठुलो सङ्ख्यामा क्षति पुर्याएको प्राधिकरणले जनाएको छ । सार्वजनिक मोटर बीमाअन्तर्गत कुल ३२ वटाको २ करोड ३१ लाख ५० हजार रुपैयाँ दाबी परेको छ भने मोटर बिमा निजीतर्फ ११ वटाको एक करोड १७ लाख ५० हजार रुपैयाँबराबरको दाबी परेको छ ।

प्राधिरणका अनुसार सामुद्रिक बीमाअन्तर्गत १५ करोड ७० लाख १० हजार रुपैयाँबराबरका ६ वटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ५ करोड ५५ लाख रुपैयाँबराबरका ४ वटा र सम्पत्ति बीमाअन्तर्गत ४ करोड १८ लाख ५० हजार रुपैयाँबराबरका १० वटा दाबी परेका छन् ।    

गत असार २३ गते रसुवा जिल्लाको ल्हेन्देखोलामा बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.