कर्णालीमा बजेट विवाद टुंगियो, ६ बुँदे सहमतिपछि प्रदेशसभा सञ्चालनको बाटो खुल्यो
काठमाण्डौ । कर्णाली प्रदेश सरकार र प्रतिपक्षी दलहरूबीच बजेटसम्बन्धी देखिएको विवाद ६ बुँदे लिखित सहमतिमार्फत टुंगिएको छ। सहमतिसँगै लामो समयदेखि अवरुद्ध रहेको प्रदेशसभाको बैठक सञ्चालन हुने भएको छ भने चालु आर्थिक वर्षको बजेट पनि आजै पारित हुने सम्भावना रहेको छ।सहमतिअनुसार कार्य विभाजन नियमावलीविपरीत प्रस्ताव गरिएका कुनै पनि आयोजना कार्यान्वयन गरिने छैन। साथै, ‘आयोजनाको...

