युक्रेनविरुद्धको युद्धमा रुसलाई बिना शर्त समर्थन : किम जोङ उन
काठमाण्डौ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार सर्वोच्च नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रुसलाई ‘बिना शर्त समर्थन’ दिने बताएका छन् ।उत्तर कोरियाको भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको छलफलका क्रममा किम जोङ उनले ‘युक्रेनी संकटको मूल कारणसँग जुध्न रुसले चालेका सबै कदमलाई समर्थन गर्ने’ बताए ।