बालीभन्दा अघि मूल्य : कृषिमा जोखिम घटाउने सरकारी योजना
काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका २०८२’ जारी गर्दै कृषि बजार व्यवस्थापनमा नयाँ ढाँचा अघि सारेको छ।यस निर्देशिकाअनुसार अब किसानहरूले बाली रोप्नुअघि नै धान, मकै, गहुँ र कोदो जस्ता प्रमुख अन्नबालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) थाहा पाउनेछन्।

