बिहीबार, बैशाख १०,२०८३ 04:37:02
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 04:37:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्साइडर र सर्कुलर ट्रेडिङमार्फत मूल्य बढाइएको आरोप, रिलायन्स स्पिनिङविरुद्ध परेको फ्रेस उजुरीमा के छ ?

Bizshala
इन्साइडर र सर्कुलर ट्रेडिङमार्फत मूल्य बढाइएको आरोप, रिलायन्स स्पिनिङविरुद्ध परेको फ्रेस उजुरीमा के छ ?
Shivam Cement

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर कारोबारमा गैरकानूनी गतिविधि, अस्वाभाविक मूल्यवृद्धि तथा बजार चलखेल भएको आरोप लगाउँदै एक लगानीकर्ताले नियामक निकायसमक्ष औपचारिक उजुरी दिएका छन्।

लगानीकर्ता रविन कँडेलले नेपाल धितोपत्र बोर्ड -सेबोन), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई सम्बोधन गर्दै धितोपत्र ऐनविपरीत गतिविधि भएको दाबी गरेका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उजुरीमा रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट प्रिमियममा आईपीओ निष्कासन गर्दा नै विवाद उत्पन्न भएको र सोही बीच दोस्रो बजारमा कारोबार सुरु भएपछि थप शंकास्पद गतिविधि देखिएको उल्लेख गरिएको छ।

कँडेलले सेयर मूल्य कृत्रिम रूपमा बढाइएको आरोप लगाएका छन्। उनकाअनुसार बजारको स्वाभाविक माग–आपूर्ति सिद्धान्तविपरीत केही समूहको मिलेमतोमा ‘कर्नरिङ’ गर्दै मूल्य अस्वाभाविक रूपमा उचालिएको दाबी समेत गरेका छन् ।  

त्यस्तै, ‘म्याच्ड ट्रेड’, ‘सर्कुलर ट्रेडिङ’ र सम्भावित ‘इन्साइडर ट्रेडिङ’ जस्ता गतिविधिमार्फत बजारमा भ्रम सिर्जना गरिएको आशंका पनि उजुरीमा गरिएको छ। यस्ता कारोबारले साना लगानीकर्तालाई प्रत्यक्ष रूपमा प्रभावित पार्ने उल्लेख गरिएको छ।

उजुरीमा राफसाफ (सेटलमेन्ट) प्रक्रियामा समेत पारदर्शिता अभाव रहेको र नियामकीय प्रावधानका छिद्र प्रयोग गरिएको जनगुनासो रहेको जनाइएको छ।

 

धितोपत्र ऐन, २०६३ अनुसार कृत्रिम मूल्य कायम गर्ने, झुट्टा कारोबार गर्ने र बजारलाई अनुचित प्रभाव पार्ने कार्य गम्भीर अपराध मानिन्छ। यस्ता गतिविधिले पूँजी बजारको विश्वसनीयतामाथि नै प्रश्न उठाउने कँडेलको दाबी छ।

 

CG Motors
Garima Development Bank
IME remit

उनले तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी दोस्रो बजारको विस्तृत कारोबार विवरण र ब्रोकर प्रोफाइलको सूक्ष्म अध्ययन गर्न माग गरेका छन्। दोषी देखिएका व्यक्ति वा संस्थामाथि कडा कानूनी कारबाही गर्नुपर्ने र छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ।

उक्त उजुरीको बोधार्थ अर्थ मन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा समेत पठाइएको छ।

यो उजुरीका आधारमा नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई तत्कालै लिखित स्पष्टीकरण समेत सोधेको पाइएको छ । सोही स्पष्टीकरणमा रिलायन्स स्पिनिङ मिल्सका कम्पनी सचिव रविन्द्र बस्नेतले आरोपहरुको खण्डन गरेका छन् । उनले उजुरीहरुमा कम्पनी, यसका प्रमोटर, संस्थापक लगायतमाथि लगाइएका विभिन्न संगीन आरोपहरु आधारहीन रहेको दलील समेत पेश गरेका छन् ।  

यसअघि प्रकाशित समाचार पढ्नुहोला, रिलायन्सले सेबोनलाई पठाएको स्पष्टीकरणपत्र हेर्नलाई:

Bizshala
Muktinath Bikas Bank Limited

-रिलायन्सको विषयमा रोकिएको छानबिन सुरुः पुराना फाइल खुले, नयाँ उजुरी थपिए

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.