घरेलु श्रमिकमाथि अन्याय: उजुरीपछि तीन महिनाको पारिश्रमिक फिर्ता
काठमाण्डौं । धादिङकी मीना सात वर्षअघि घरेलु श्रमिकका रूपमा काम गर्न काठमाडौँ आएकी थिइन्।एउटै घरमा सरसफाइदेखि वृद्धवृद्धाको स्याहारसुसारसम्म गर्दै आएकी उनलाई गत वर्ष सुन चोरीको आरोप लगाएर तीन महिनाको पारिश्रमिक नदिई कामबाट निकालियो।घरधनीका लागि जुठा भाँडा माझ्ने, ट्वाइलेट सफा गर्ने, जुत्ता–मोजा धुनेदेखि घरको सम्पूर्ण काम सम्हाल्दै आएकी मीनाले साप्ताहिक बिदाको माग...

