मकरी गाड हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने,बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल
काठमाण्डौ । मकरी गाड हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मुल्य रु.१०० अंकित दरका ५९ लाख ४० हजार कित्ताले हुन आउने रकम रु.५९ करोड ४० लाखबराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो ।