Live Update
24 मिनेट अगाडी
विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उत्साहजनक प्रदर्शन देखाएको छ। जारी मतगणनाको प्रारम्भिक रुझानअनुसार उक्त पार्टीले कम्तीमा ६ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको देखिएको छ।
Live Update
41 मिनेट अगाडी
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणामले देशभर नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ। मतगणनाको सुरुआती रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘सुनामी’ जस्तै प्रभाव देखाइरहँदा नेपाली कांग्रेस र नेकपा एमालेका धेरै शीर्ष नेताहरू आफ्ना प्रतिस्पर्धीभन्दा पछि परेका छन्।
देशभरको प्रारम्भिक अवस्थाअनुसार रास्वपा ३ स्थानमा जितसहित १११ स्थानमाभन्दा बढी निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेस मात्र २ स्थानमा जितसहित १४ स्थानमा अगाडि रहेको देखिएको छ। एमाले शून्य जितसहित ११ स्थानमा मात्र अगाडि छ । धेरै क्षेत्रमा रास्वपाका उम्मेदवारले पुराना र स्थापित दलका प्रभावशाली नेताहरूलाई पछाडि पारिरहेका छन्।
Live Update
56 मिनेट अगाडी
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ पनि उत्साहजनक मतसहित अग्रता लिइरहेको देखिएको छ ।
निर्वाचन आयोगले केहीबेरअघि दिएको ताजा अपडेटअनुसार समानुपातिकतर्फ हालसम्म २८ हजार ३४० मत गणना हुँदा रास्वपाले १६ हजार ७२६ मत प्राप्त गरेको छ । यो भनेको ५९ प्रतिशतभन्दा बढी हो ।
Live Update
1 घण्टा अगाडी
काठमाण्डौ । हिजो भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी छ । मतपरिणामको प्रारम्भिक रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाई बहुमत ल्याउनसक्ने संकेतहरु देखिएका छन् ।
मतगणनाको सुरुवातदेखि अहिलेसम्मको ट्रेण्ड हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७० प्रतिशतभन्दा बढी सिट जित्नेसक्ने सम्भावना देखिएको छ।
Live Update
1 घण्टा अगाडी
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य पदका लागि मनाङमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनी विजयी भएको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिएका छन्।
Loading more updates...