शनिबार, फाल्गुन २३,२०८२ 03:11:10
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 03:11:10
Bizshala
Global IME Bank Limited

रास्वपा एक्लैले दुई तिहाई बहुमत ल्याउनसक्ने यस्तो छ हिसाबकिताब

Hyundai Nepal
रास्वपा एक्लैले दुई तिहाई बहुमत ल्याउनसक्ने यस्तो छ हिसाबकिताब
Shivam Cement

काठमाण्डौ । हिजो भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी छ । मतपरिणामको प्रारम्भिक रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाई बहुमत ल्याउनसक्ने संकेतहरु देखिएका छन् ।  

मतगणनाको सुरुवातदेखि अहिलेसम्मको ट्रेण्ड हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७० प्रतिशतभन्दा बढी सिट जित्नेसक्ने सम्भावना देखिएको छ। 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अहिले मतगणना भइरहेका १४८ निर्वाचन क्षेत्रमध्ये ३ ठाउँमा रास्वपाले जित निकालिसकेको छ भने बाँकी १०७ सिटमा अग्रता लिएको छ ।  

हाल देशभर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतगणना भइरहेको छ । प्रत्यक्षतर्फ १६५ सिटमा दलहरुबीच प्रतिस्पर्धा भएको थियो । १६५ मध्ये रास्वपाका उम्मेद्वारहरु १६३ वटा सिटमा मात्र थिए । यसरी हेर्दा र रास्वपाको प्रारम्भिक रुझान अन्तिम मत परिणामसम्म जारी रहेमा प्रत्यक्षतर्फ नै उसले ११५ बढी सिट ल्याउने सम्भावना देखिएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रत्यक्षतर्फ खसेको मतकै ट्रेण्डलाई पछ्याउँदै समानुपातिकतर्फ पनि रास्वपाले ६० प्रतिशत हाराहारी मत प्राप्त गर्ने देखिन्छ । यो रुझान अन्तिमसम्म जारी रहेमा रास्वपाले समानुपातिकतर्फ ११० मध्ये कम्तीमा ६६ सिट प्राप्त गर्ने देखिन्छ । यदि यस्तो भयो भने प्रत्यक्ष र समानुपातिकतर्फ गरी रास्वपाको कुल सिट संख्या १८१ भन्दा माथि पुग्ने देखिन्छ ।  

यसरी हेर्दा रास्वपाले दुईतिहाई बहुमत नजिकको सिट जित्नसक्ने देखिन्छ । २७५ सिटको दुईतिहाई संख्या भनेको १८४ सिट हो । प्रारम्भिक रुझान र संकेतहरु हेर्दा रास्वपाले दुईतिहाई बहुमत ल्याउने सम्भावना देखिन्छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.