शनिबार, बैशाख १९,२०८३ 04:53:29
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 04:53:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकाद्वारा मध्यपूर्वका सहयोगीलाई ८.६ अर्ब डलरको हतियार बिक्री अनुमोदन

Bizshala
अमेरिकाद्वारा मध्यपूर्वका सहयोगीलाई ८.६ अर्ब डलरको हतियार बिक्री अनुमोदन
Shivam Cement

काठमाण्डौं । अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी राष्ट्रहरूलाई करिब ८.६ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने सम्झौता स्वीकृत गरेको छ।

इरानसँगको तनावपूर्ण अवस्थाबीच अमेरिकाले इजरायललगायत क्षेत्रका आफ्ना साझेदार देशहरूलाई ठूलो परिमाणमा हतियार आपूर्ति गर्ने निर्णय गरेको हो, यद्यपि पछिल्लो तीन हप्ताभन्दा बढी समयदेखि युद्धविराम कायम छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस सम्झौताअन्तर्गत हतियार प्राप्त गर्ने देशहरूमा इजरायल, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।

सम्झौता अनुसार अमेरिकाले कतारलाई ४ अर्ब डलरभन्दा बढी मूल्यको ‘प्याट्रियट’ वायु तथा मिसाइल प्रतिरक्षा प्रणालीसँग सम्बन्धित आपूर्ति र प्राविधिक सहयोग प्रदान गर्नेछ।  

साथै, ९९२.४ मिलियन डलर बराबरको उन्नत ‘प्रिसिजन किल’ हतियार प्रणाली पनि बिक्री गरिनेछ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी कुवेतलाई २.५ अर्ब डलरको एकीकृत युद्ध कमान्ड प्रणाली उपलब्ध गराइनेछ भने इजरायललाई ९९२ मिलियन डलरभन्दा बढीको उन्नत प्रिसिजन हतियार प्रणाली बिक्री गरिनेछ।

यसका साथै, यूएईलाई पनि १४७ मिलियन डलरभन्दा बढी मूल्यको सोही प्रकारको हतियार प्रणाली बिक्री गर्ने सम्झौता अमेरिकाको विदेश मन्त्रालयले गरेको बीबीसीले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.