काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति सचिवालयका अनुसार आज भएको उक्त भेटमा दुवैबीच समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको थियो।
भेटका क्रममा आङ्देम्बेले सरकारले जारी गरेका अध्यादेश र त्यसबारे विपक्षी दलहरूको धारणा राष्ट्रपतिलाई अवगत गराएका थिए।
उनले विपक्षी दलहरूको बैठकबाट आएको निष्कर्ष प्रस्तुत गर्दै संसद् अधिवेशन आह्वान भइसकेपछि त्यसलाई स्थगित गरी अध्यादेशमार्फत शासन सञ्चालन गर्ने अभ्यासप्रति असन्तुष्टि जनाए।

