कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले राष्ट्रपति पौडेललाई सुनाए विपक्षी दलहरूको धारणा
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।राष्ट्रपति सचिवालयका अनुसार आज भएको उक्त भेटमा दुवैबीच समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको थियो।

