मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको शुरुवात
काठमाण्डौ । मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयको स्कुल अफ माथेमयाटिकल साएनस (एसएमएस) बीच नेपालको भावी एक्चुरी पेशाकर्मी उत्पादन गर्ने उद्देश्यका साथ छात्रवृत्ति कार्यक्रम शुरु गर्न साझेदारी गरिएको छ ।नेपालको बीमा तथा वित्तीय सेवा क्षेत्रमा एक्चुरियल विज्ञान अत्यन्तै महत्वपूर्ण भए पनि यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको छ । यही आवश्यकतालाई सम्बोधन गर्दै सुरु...

