मंगलवार, जेष्ठ ५,२०८३ 04:56:27
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:56:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पुल्चोकमा मेटलाइफ नेपालको नयाँ हेड आफिस उद्घाटन, प्रविधि र नवप्रवर्तनमार्फत सेवा सुदृढ

Laxmi Sunrise Bank Limited
पुल्चोकमा मेटलाइफ नेपालको नयाँ हेड आफिस उद्घाटन, प्रविधि र नवप्रवर्तनमार्फत सेवा सुदृढ
Shivam Cement

काठमाण्डौ । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा आफ्नो नयाँ हेड आफिस उद्घाटन गरेको छ । ्

नेपाली परिवारहरूलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा यो महत्वपूर्ण उपलब्धि हो ।  

नयाँ हेड आफिसले मेटलाइफ नेपालको आधुनिक, चुस्त तथा भविष्यतर्फ उन्मुख संस्थाको रूपमा भएको विकासलाई प्रतिबिम्बित गर्ने दाबी गरिएको छ । आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको यस कार्यालयले कार्य सञ्चालनलाई अझ प्रभावकारी बनाउनुका साथै ग्राहकहरूलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।  

यो केवल भौतिक विस्तार मात्र नभई प्रत्येक ग्राहकसँगको अन्तरक्रियामा विश्वास, स्पष्टता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको अभिव्यक्ति रहेको कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

मेटलाइफ नेपालले नयाँ हेड आफिसको वास्तविक मूल्य यसबाट प्रवाह हुने सेवाको गुणस्तरले निर्धारण गर्ने विश्वास व्यक्त गरेको छ । नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाप्रतिको प्रतिबद्धताका साथ कम्पनीले देशभरका परिवारहरूमा वित्तीय आत्मविश्वास सुदृढ बनाउँदै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहका अवसरमा मेटलाइफ नेपालले नियामक निकाय, क्षेत्रीय नेतृत्व, साझेदार तथा कर्मचारीहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको थियो। समारोहमा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द अफेयर्स स्कट अर्बोम र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

साथै मेटलाइफका क्षेत्रीय नेतृत्व श्री लिन्डन ओलिभर (एशिया क्षेत्रीय अध्यक्ष) र सुश्री एलेना बुटारोभा (वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम प्रमुख) पनि कार्यक्रममा सहभागी थिए ।  

यस अवसरमा नेपाल बीमा प्राधिकरण, संयुक्त राज्य अमेरिकी दूतावास, एमच्याम नेपाल, साझेदार बैंकहरू, लघुवित्त संस्थाहरू, मेटलाइफको व्यवस्थापन टोली तथा एजेन्सी प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मेटलाइफ एशियाका क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभरल भने, ‘यो नयाँ प्रधान कार्यालयको उद्घाटन हामी सबैका लागि गर्वको क्षण हो, जसले नेपालप्रतिको मेटलाइफको दीर्घकालीन प्रतिबद्धतालाई झल्काउँछ । आधुनिक क्षमतासहित ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने दिशामा यो नयाँ अध्याय हो, जहाँ सेवा, सहजता र हेरचाहलाई विशेष प्राथमिकता दिइएको छ ।’

उनले थपे, ‘यस यात्रामा साथ दिनुहुने नियामक निकाय, साझेदार तथा समुदायप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र आगामी दिनमा अझ आत्मविश्वासी भविष्य निर्माण गर्न सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राख्छौं ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.