'बालेन इफेक्ट'ले लगानीकर्तामा उत्साह, नयाँ आ.ब.को पहिलो दिन नै नेप्सेमा उछाल
काठमाण्डौ । काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले बढेर २६७७.५४ विन्दुमा कायम भएको छ । साथै सेन्सेटिभ इन्डेक्स समेत आज २.५१ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज...

